Flash News

‘अंधेरी नगरी चौपट राजा’ नेपाली भाषामा मञ्चन हुँदै

हिन्दी साहित्यकार भारतेंदु हरिश्चंद्रको सर्वाधिक लोकप्रीय नाटक ‘अंधेरी नगरी चौपट राजा’ नेपाली भाषामा मञ्चन हुँदैछ। नाटकको नेपाली अनुवाद तथा निर्देशन आशिष घिमिरे र संगीत सापकोटाले संयुक्त रुपमा गरेका हुन्। नाटकमा संगीत मनिस निरौला र संगीत सापकोटाले दिनेछन्। काठमाडौंको कुञ्ज थिएटरमा बुधबार बाहेक हरेक साँझ देखाइने नाटकको शनिबार दिउसो अतिरिक्त सो हुनेछ। विद्यार्थीका लागि टिकटमा छुट हुनेछ नाटकमा जीवन भट्टराई,प्रकु पान्डे,पुष्कर कार्की,आर्जेश रेग्मी,श्रवण सिंह राना ,दिपेन्द्र शाही ठकुरी ,बारात लिम्बू,सन्चित मल्ल,सागर दाहल र पिटर प्रीन्सको अभिनय रहेको छ