Flash News

अब फोर-जी सेवा हेटौँडामा पनि विस्तार हुने

मकवापनुर ÷१० फागुन

पुस १७ गतेदेखि काठमाडौं र पोखराका पोष्टपेड र प्रिपेडमा ग्राहकका लागि फोर-जी सेवा सुरुवात गरेको टेलिकमले हेटौँडामा पनि सेवा सुरु गर्ने तयारी गरेको छ ।। ‘फोर-जी ब्यवसायिक हिसावमा सफल हुन थाले सगै हेटौँडा सहित १५ मुख्य नगर क्षेत्रमा सेवा बिस्तार गर्न लागिएको टेलिकमले जनाएको छ। तेस्रो चरणमा फोर-जी सेवा विस्तार हुनेमा हेटौँडा सगैँ बिर्तामोड, धरान, इटहरी, भरतपुर, वीरगञ्ज, जनकपुर, विराटनगर, नेपालगञ्ज, बुटवल, धनगढी लगायतका क्षेत्र रहेका छन् ।
टेलिकमले १५ वटा उपहमागरपालिकाको फोर-जी सेवाका लागि अहिले नेटवर्क डिजाइन गरिरहेको छ । यो सकिनासाथ टेण्डर गरेर फोर-जीलाई प्रमुख शहरी क्षेत्रहरुमा केन्द्रित गरिनेछ ।


सम्बन्धित समाचार शीर्षकहरु