Flash News

अरुलाई न्याय दिने उपमेयर नै श्रीमानबाट कुटिए ।

ललितपुर, वैशाख १९ – गोदावरी नगरपालिकाकी उपनमेयर मुना अधिकारी श्रीमानको कुटाईबाट घाइते हुनु भएको छ । कुटपिटमा संलग्न अधिकारीका श्रीमान ध्रुव कुँवरलाई प्रहरीले पक्राउ गरेको छ । श्रीमती कुटपिट गर्ने कुँवरलाई मंगलबार नै पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।
अधिकारीको शरीरको विभिन्न ठाउँका साथै आँखामा निलडाम छ । पक्राउ परेका कुँवरलाई महानगरीय प्रहरी परिसर ललितपुरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गोदावरी नगरपालिकाकी उपमेयर रहेकी अधिकारी स्थानीय तहको न्यायिक समितिको संयोजकसमेत हुनुहुन्छ ।