Flash News

आर्सनलले चेल्सीलाई २–१ गोलले हरायो

माघ ११ –आर्सनल काराबाओ फुटबलको फाइनलमा पुगेको छ । राति भएको खेलमा आर्सनलले चेल्सीलाई २–१ ले हराएको हो ।

खेलको सातौँ मिनेटमा चेल्सीका लागि एडन हजार्डले गोल गरे पनि त्यो जितका लागि पर्याप्त भएन् । आर्सनलका लागि एन्टोनियो रुडिगर र ग्रानित जाकाले एक एक गोल गर्दै जित दिलाए ।

 

 

यस अघि पहिलो लिगको खेलमा  आर्सनल र चेल्सीले गोलरहित बराबरी गरेका थिए । चेल्सीलाई हराएको आर्सनलले अब उपाधिका लागि म्यानचेस्टर सिटीसँग खेल्नेछ ।

सिटी  ब्रिस्टोल सिटीलाई हराउँदै फाइनलमा पुगेको हो ।


सम्बन्धित समाचार शीर्षकहरु