Flash News

इटनी प्रतिष्ठान मकवानपुरले गर्याे जेष्ठ नागरिक सम्मान

Post Views : 82 Views

मकवानपुर।
इटनी प्रतिष्ठान मकवानपुरले १सय ७ बर्षिय कृष्ण कुमारी अर्याललाई सम्मान गरेको छ। एक कार्यक्रमका विच प्रतिष्ठानले अर्यालय सँगै मनहरी गाँउपालिकाका ५० जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो । जेष्ठ नागरिकलाई आत्म विस्वास बढाउन सम्मान कार्यक्रमले सहयोग पुग्ने विस्वा लिइएको इटनी प्रतिष्ठान मकवानपुर अध्यक्ष महेन्द्र इटनीले बताउनु भयो । सम्मान कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको प्रमुख अतिथ्यता रहेको थियो । प्रतिष्ठान अध्यक्ष महेन्द्र इटनीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य प्रतिष्ठानका लागी जग्गा प्रदान गर्नुहुने राम प्रसाद इटनी ले गर्नु भएको थियो त्यस्तै सहयोगी मन नेपाल का अध्यक्ष केदार चौलागाईं ले समेत आफ्नो मन्तब्य राख्नु भएको थिएको थियो ।