Flash News

उप–मेयर कप फुटबलमा हेटौडा पराजित

Post Views : 50 Views

मकवानपुर

सुर्खेतको विरेन्द्रनगर नगरपालिकाले उप–मेयर कप अन्तर नगरपालिका फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । काठमाडौंको हलचोकस्थित एपीएफको मैदानमा आज भएको खेलमा हेटौडा उपमहानगरपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै विरेन्द्रनगरले विजयी सुरुवात गरेको हो । जितसँगै समूह ‘बी’ मा रहेको विरेन्द्रनगरले पहिलो खेलबाट ३ अङ्क जोडको छ । हेटौडाले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । समूह बी मा विरेन्द्रनगर र हेटौडासँगै कावासोती नगरपालिका, चौदण्डी गढी नगरपालिका र पोखरा महानगरपालिका रहेका छन् । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा पहिलो पटक भएको प्रतियोगितामा १८ नगरपालिकाको सहभागीता रहेको छ । सहभागी टिमलाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका समूह विजेता सेमिफाइनल प्रवेश गर्नेछन् ।  स्याङ्जाको वालिङ नगरपालिकाले समूह ‘ए’ बाट सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।