Flash News

उमेश यादव बचाउको लागि समाजिक अभियन्ता सरोज राय पाकिस्तान प्रस्थान गर्दै

हेटौडा,९ बैशाख । सउदी अरेबियामा मृत्यूदण्ड सुनाइएका धनुषाका उमेश यादव बचाउको लागि समाजिक अभियन्ता सरोज राय आज पाकिस्तानको लागि प्रस्थान गरेका छन् ।करिब १२ बर्षअघि सउदी अरेबियामा कामको शिलशिलामा भएको आपसी भनाभनपछि भएको दुर्घटनामा पाकिस्तानी नागरिक मो. लतिपको मृत्यू भएपछि सउदी अदालतले उमेशलाई मृत्यूदण्डको सजाय सुनाएको हो । आउँदो बैशाख ३० गतेसम्म उमेशको लागि अन्तिम म्याद भएपनि पुनरावेदन अदालतमा उमेश बचाउको लागि, आममाफीको लागि अपिल गर्ने समय रहेकोले राय मृतक लतिपको परिवारबाट क्षमापत्र अर्थात माफी पत्र ल्याउको लागि आईतबार विहानै पाकिस्तान प्रस्थान गरेका छन् । केही दिन अघि मृतक लपिका जेठो दाजुसँग भएको कुराकानीको आधारमा लपितको जेठा दाजुले माफीनामा दिनको लागि तयार भएपछि राय आजै पाकिस्तान रबाना भएका हुन् । तराई मधेस राष्ट्रिय परिषदका सदस्य समेत रहेका अभियन्ता राय उमेश बचाउको लागि निरन्तर कार्य जारी राखेका छन् भने उमेशको मृत्यूदण्डको समय सिमित भएपछि झन सक्रियता बढाएका हुन् । मृतक लतिपका परिवारले माफीनामा दिएपछि सउदी अरेबियाको पुनरावेदन अदालतमा आममाफीको लागि अपिल गर्ने बाटो खुलेको छ । यस विषयमा नेपाली दुतावास एवम् परराष्ट्र मन्त्रालयले निकै चासो देखाएपछि उमेशलाई आममाफीको लागि सहयोग पुग्ने बताइएको छ । सन् २००६ देखि अर्थात् विगत १२ बर्षदेखि सउदी अरेबियाको जुबेल जेलमा जेली जीवन विताईरहेको धनुषा कमला नगरपालिका वडा नं. ३ का उमेश यादवलाई पाकिस्तानी नागरिक मो. लतिपको हत्याको आरोपमा मृत्यूदण्डको सजाय सुनाएको हो । यता, उमेशले लतिपको हत्या नगरेको तथा दुर्घटनावंश उनको मृत्यू भएको बताउँदै आएपनि अदालतले कसुरवार ठहर गर्दै आउँदो १३ मई २०१८ को मृत्यूदण्ड दिइने जनाइएको छ । अब मृतक लतिपको परिवारले माफीनामा दिए मात्र उमेशको लागि थप पहल हुने भएपछि लतिपको परिवारसँग अभियन्ता सरोज रायको कुराकानीको आधारमा माफीनामा दिन सहमत भएपछि आईतबार पाकिस्तानको लागि प्रस्थान गरेका हुन् ।