Flash News

एकैचोटी दोहोरी गायिका ज्योती लोहनीको तीन ओटा कोसेली (भिडियो सहित)

दिपक सिंह रुम्बा
नेपाली लोकदोहोरीको क्षेत्रमा सबैको मन मुटुमा बस्न सफल सुमधुर स्वरकी धनी गायिका ज्योती लोहनीले एकैसाथ तीन ओटा सांगीगित कोसेली लिएर हामी माझमा छाएकी छिन । यस अघिपनि धेरै गीत मार्फत सबैको मन जित्न सफल ज्योतीले केही समयको अन्तराल पछि पुनः नयाँ कोसेली हामी माझमा पस्कीनु भएको हो । बिभिन्न महोत्सब तथा कार्यक्रमहरुमा प्रत्यक्ष दोहोरी गायनमा चर्चित अनि अब्बल ज्योती सबैको रोजाईको गायिका रुपमा पनि चिनिन्छ । उनै गायिकाले हामीलाई पस्कनु भएको कोसेलीहरु हेर्नुहोस……..
कोसेली १
आशिष म्युजिक प्रा.लि.को प्रस्तुतीमा चर्तित गायक पशुपति शर्माको शब्द/लय मा चर्चित गायिका ज्योती लोहनीको नयाँ लोकदोहोरी कोसेली “कुरो आफै बुझ मायाले…” गीतको भिडियो बजारमा आएको छ । निक्कै रमाईलो अनि स्याङ्जा रयालेलाई समेत समेटेर गीत तयार पारिएको छ । रमेश जंग थापा, बिनु खड्का लगायतको अभिनय रहेको उक्त गीत पशुपति शर्मा र ज्योती लोहनीको जादुमय आवाजले भरिएको छ ।
………………………………………
घर त मेरो स्याङ्जा रयाले
डाली काटे घाँस, घाँस काटेर गाईलाई
गाईलाई दिए दुध, कुरो आफै बुझ मायाले
…………………………………………………….
कुरो आफै बुझ मायालेको भिडियो तल हेर्नुहोला


कोसेली २
रक्षा म्युजिक प्रा.लि.को प्रस्तुतीमा बसन्त थापाको लयमा पञ्चेबाजामा नयाँ लोक दोहोरी कोसेली “माया दिन्छौ र….?” गीतको भिडियो बजारमा आएको छ । अपेक्षा बस्याल, नबराज थापा लगायतको अभिनय रहेको गीतमा राजन कार्की र ज्योती लोहनीको सुमधुर आवाज रहेको छ । पञ्चेबाजाको संरक्षणमा जोड दिँदै तयार पारिएको गीतमा बिकाश तिमल्सिना शब्दको उत्कृष्ट शब्द रहेको छ ।
…………………………………..
माया दिन्छौ र….?
अहिलेसम्म साँचेको जोवनको जिम्म लिन्छौ र ?
.……………………………………………………… 
“माया दिन्छौ र….?” को भिडियो तल हेर्नुहोला ….


कोसेली ३
आर.एस. डिजिटलको प्रस्तुतीमा बिनोद लोहनी नयाँ लोक दोहोरी कोसेली “रैछौ चिटिक्कै….” गीतको भिडियो बजारमा आएको छ । बिनोद, मन्जिता, बिशाल, पुजा लगायतको अभिनय रहेको गीतमा ज्योती लोहनी र बिनोद लोहनीको सुमधुर आवाज रहेको छ । बिनेद लोहनीको निर्देशनमा तयार पारिएको गीतमा महेन्द्र बि.सी.को उत्कृष्ट शब्द रहेको छ ।
………………………………………
रैछौ चिटिक्कै
साह्रै नै मन पर्यो कान्छी, तिमिलाई देख्ने बित्तिक्कै …
…………………………………………………..
रैछौ चिटिक्कै….” को भिडियो तल हेर्नुहोला

 


सम्बन्धित समाचार शीर्षकहरु