Flash News

एम्बुलेन्स खरिदको लागि संकलन गरिएको १५ लाख दुरुपयोग

जिवराज बख्रेल

भाद्र २१÷ ओखलढुंगा,एम्बुलेन्स खरीदको उद्यस्य सहित १० बर्ष अघि ओखलढुंगा जिल्लाको कुवापानी बेसी(बाटर चौरमा) महायज्ञ मार्फत संकलन गरिएको रकम दुरुपयोग भएको छ। हालको लिखु गाउँपालिका १,२,३ अथात साघुटार माथिको लिखु बेल्ट्को आसपासका क्षेत्र लाई लक्षित गरेर एम्वुलेन्स संचानल गर्ने भन्दै महायज्ञ लगाइएको थियो । महायज्ञ बाट संकलन भएको १५ लाख रकम दुरुपयोग भएको हो । ग्रामिण क्षेत्र बाट एम्वुलेन्स सेवा पाउने आशा बोकेर एम्बुलेन्स किन्नकै लागि सहयोग गरेका स्थानिय १० बर्ष वितिसक्दा पनि आशा मात्र बोकेर बस्न बाध्य बनेका छन् । साँघुटारका ठुलै साहु मानिने बद्रीदास भौकाजी आयोजक कमिटी संयोजक रहेर संकलन गरीएको रकम अहिले कहाँ छ पत्तो छैन । समितिमा गनिएकै समाज सेवी हरु राजन सूबेदी सचिब, होतराजा ढाकाल सह सचिब र कोषाध्यक्ष राजबाबु भैकाजी थिए । “१० बर्षको ब्याजले मात्र पनि २ ओटा एम्वुलेन्स आउने थियो ” स्थानिय दिपेस दाहालले भन्नुभयो , पैसा उठाउने हरुले पैसा के गरे नै थाहा छैन । पैसा धेरै संकलन गर्नकै लागि माता मीरा उषा घिमिरेलाई कथा बाचन गर्न बोलाईएको थियो । संकलन गरिएको रकम समितीकै केहि ब्यक्तिले ब्यक्तिगत प्रयोजनको लागि प्रयोग गरेको स्थानियले आरोप लागाएका छन् । ओखलढंगामा विरामी हुदा घण्टौ बोकेर अस्पताल लानु पर्ने बाध्यता अझै छ। गरिव जनाता झुक्याएर रकममा राजनिती गरेको भन्दै अव अफुहरु चुप लागेर नवस्ने स्थानीयले चेतावनी दिएका छन् ।


सम्बन्धित समाचार शीर्षकहरु