Flash News

कमल थापाले प्रधानमन्त्रीलाई भने– सरकार टिकाउन आत्मसमर्पण नगर्नुस्

काठमाडाैं, वैशाख २० – राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओली सत्ता टिकाउनका लागि आत्मसमर्पणको बाटोमा लागेको आरोप लगाउनुभएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रबादको नारा र अडानमा चुनावमा धेरै भोट पाएको तर अहिले सत्ता टिकाउन आत्मसमर्पणको बाटोमा अग्रसर भएको थापाले आरोप लगाउनुभएको हो । अहिले यसको संकेत मिल्न थालेको भन्दै अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै यो दूर्भाग्यपूर्ण हुने दावी पनि गर्नुभएको छ ।