Flash News

कलाकारितामा पुनमको आगमन (फोटो फिचर /भिडियो सहित)

इमान जङ्ग बानियाँ
गोरखा – मोडलिङ्ग दुनियाँमा आफुलाइ स्थापित र सफल बनाउने लक्ष्य सहित संघर्सरत मोडल हुन पुनम रायमाझी । उमेरले भर्खरै १७औ वसन्त पार गरेकी उनि । सानैदेखी नृत्य, अभिनयमा प्रखर रुचि राख्ने बताउछिन । गोरखा नयाँबजार को स्थानिय बासिन्दा समेत रहेकी पुनम ब्याबस्थापन सन्कायमा +२ अध्यन गर्दैछिन । फोटोसुटमा पनि उतिक्कै सकृय सुन्दर मोडल पुनम द्वारा अभिनित नयाँ म्युजिक भिडियो “मुस्कान बोकेर” केही समय अगाडि मात्रै रिलिज भएको छ जसमा शब्द/संगीत/ निर्देशन गरेका छन गायक कुशल बज्राचार्यले । युवा दर्शकले निक्कै रुचाएको उक्त भिडियो अहिले युट्युव मार्फत सार्वजनिक गरिएको छ । छिट्टै अर्को नयाँ भिडियोको तयारिमा जुटेकी पुनम उक्त भिडियो बाट आफू निक्कै आशाबादी रहेको पनि बताउछिन। भिडियोको लागि धेरै अफर आउने गरेको तर आफुले अध्यनलाई पनि समय दिनु पर्ने भएकाले छानेर मात्रै काम गर्ने गर्छु । आफ्नो +२ को अध्यन सिध्ह्याएपछी मात्र पूरा समय मोड्लिङ्गमा दिने बताउछिन । सुन्दर लुक्स स्लिम फिगर ५.३ हाइटकि मोडललाई धेरै दर्शकहरुले बेबि (नायिका) नम्रता श्रेष्ठ भनेर पनि जिस्काउने गर्छन । भबिश्यमा सफल नायिका वन्ने सपना रहेको र अहिलेकी चर्चित नायिका प्रियन्का कार्की र नायक आर्यन शिग्देल आफुलाइ एकदमै मन पर्ने कलाकार रहेको बताउछिन । परिवारको पुर्ण साथ र प्रेरणाबाट यस फिल्डमा आफू झनै उत्साहित रहेको र आफ्नो संघर्स र कडा मिहनेतले अब्शय एकदिन सफलता प्राप्त गर्न्रमा आफू ढुक्क रहेको जानकारी गराइन ।
भिडियो


सम्बन्धित समाचार शीर्षकहरु