Flash News

कान्तिराजपथ फराकिलोे हुँदै: दाँयाबायाँको १५/१५ मिटरको घर टहरा हटाउन सूचना जारी

मकवानपुर खबर
मकवानपुर/सरकारले पुर्व पश्चिम राजमार्गमा रहेको सडक क्षेत्रको २५/२५ मिटर फराकिलो पार्ने अभियानले तरङ्गित पारिरहेको हेटौँडामा कान्तिराजपथको १५/१५ मिटरमा दायाँबायाँ पर्ने घर टहरा हटाउनको लागि सार्वजनिक सूचना जारि गरेपछि थप चर्चा सुरु भएको छ ।
सडक विभाग हेटौँडाले हेटौँडाको बुद्धचौकबाट पुर्वतिर कान्तिराजपथ, चौघडा हुँदै चुच्चेखोला देखि ठिंगन, नयाँबस्तीसम्ममा पर्ने सडक सिमारेखाबाट दायाँवाँया १५/१५ मिटर फराकिलो पार्ने अभियानको लागि उक्त क्षेत्रमा पर्ने घर टहरा हटाउन निर्देशन दिएको हो । कान्तिलोकपथ मार्गको रुपमा रहेको उक्त सडक फराकिलो पार्ने अभियानको ठेक्का भैसकेकोले तत्काल उक्त क्षेत्रमा पर्ने घरटहरा हटाउन सूचना मार्फत आग्रह गरिएको हो । सडकको सूचनालाई वेवास्ता गरिए कडा कारबाही गरिने सडक विभागले जनाएको छ ।