Flash News

काले काले दिलवाले खोज्दै भौतारिँदै ईरा (भिडियो सहित)

काठमाडौँ/काले काले दिलवाले खोज्दै भौतारिँदै गरेकी मधुर स्वरकी धनी गायिका इरा शर्माले नेपाली संगितलाई माया गर्ने श्रोतालाई अर्को नयाँ दमदार सांगीतीक कोसेली “काले काले” पस्केकी छिन । यस अघि पनि धेरै चर्चित गीतहरुमा मार्फत सबै श्रोताको मन जित्न सफल ईराले सबैको माया र मागलाई ध्यानमा रखेर नयाँ कोसेली बजारमा ल्याएकी छिन । रमेश कडरियाको शब्द संगीत रहेको उक्त गीत ईरा शर्माको मधुर स्वरले सुसज्जित छ ।
कडरिया इन्टरटेन्मेन्टको प्रस्तुतीमा रहेको काले काले दिलवाले गीतको भिडियोमा D-Insectz Crew  र स्रुजनी केशी को दमदार अभिनय रहेको छ । चढ्दो जवानी, मायाप्रेम अनि जीवनको पक्षलाई समेटेर तयार पारिएको स्वर, शब्द र संगीतको सम्योजन तथा भिडियो निकै राम्रो छ । यस अघिका गीतहरुलाई जस्तै यस गीतलाई पनि सबैले माया गर्नेमा ईरा बिस्वस्त छिन ।
काले कालेको भिडियो हेर्नहोस


सम्बन्धित समाचार शीर्षकहरु