Flash News

कुलेखानीको ड्याममा ६ मिटर पानी कम

२३ साउन, हेटौंडा । मकवानपुरको कुलेखानी वरपर वर्षा कम पर्दा कुलेखानीको ड्याममा पानी कम भएको छ । त्यसमाथि यो वर्ष आयोजना बढी चलाइएको छ, जसका कारण गत वर्षको भन्दा ६ मिटर पानी कम भएको छ । गत वर्ष यो समयमा कुलेखानी आयोजनामा १ हजार ५१४ मिटर पानी थियो । तर, अहिले १ हजार ५०८ मिटर मात्रै छ । विद्युत प्राधिकरणका उत्पादन निर्देशनालयका प्रमुख हरराज न्यौपानेका अनुसार यो वर्ष खासै पानी नपरेका कारण पानीको सतह गत वर्ष भन्दा ६ मिटर कम छ । उनले भने, ‘यसपाली यो भेगमा पानी परेको छैन । जम्मा भएको वानी पनि गत वर्ष भन्दा अलि बढि चलाउनु परेको छ ।’ हिउँदका लागि ब्याकअपका रुपमा राखिने कुलेखानी आयोजनाको ड्याममा पानी बढ्न नसक्नु विद्युत प्राधिकरणलाई टाउको दुखाईको विषय बनेको छ ।


सम्बन्धित समाचार शीर्षकहरु