Flash News

क्षेमबहादुरको स्मृतिमा न्यानो कपडा वितरण

हेटौंडा, २९ पुस/नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं मकवानपुर क्षेत्र नम्बर २ को प्रदेश २ का प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँको सहयोगमा आफ्ना स्वर्गीय पिता क्षेमबहादुर बानियाँको स्मृतिमा राक्सीराङ गाउँ पालिकाको ५ नम्बर वडाको ५ टोलमा शनिबार न्यानो कपडा (कम्बल) वितरण गरिएको छ ।
स्थानीय चेपाङ तथा तामाङ समुदायका जाडोबाट प्रभावित १ सय २० घर परिवारलाई वितरण गरिएको कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका सचिव बुद्ध लामा, ४ नम्बर क्षेत्रीय सभापति लोक मोक्तान, शिक्षक संघका जिल्ला सचिव विदुर थापा, प्रेस युनियन मकवानपुरका सहसचिव एवं पार्टीको सूचना संयोजक सुजन विडारी, साविक सरिखेत गाविस सभापति विरेन्द्र जिम्बा, साविक राक्सीराङ गाविसका सचिव मानसिं घलान, स्थानीय नेता मिठु प्रजालगायतकाले न्यानो कपडा (कम्वल) वितरण गर्नुभएको थियो ।
जाडोमा कठ्याङग्रिएर रात विताउन बाध्य राक्सीराङ गाउँपालिका ५ स्थित बाङदिराङ, चौतारा, रानीवाङ, बंकिम र टोल्वाङ टोलका १ सय २० परिवारलाई कम्बल वितरण गरिएको थियो ।
प्रतिनिधि सभा २ का प्रदेश सभा २ सदस्य बानियाँले केहीदिनअघि मनहरी गाउँपालिकाको बाढीपीडित भई जंगलमा रात विताउन बाध्य ३ सय १५ घरपरिवारको चेपाङ तथा बनकरिया बस्तीमा कम्बल वितरण गरिसक्नु भएको छ ।


सम्बन्धित समाचार शीर्षकहरु