Flash News

गढी ६ का टाेल विकास संस्थाकाे विधान हस्तान्तरण

Post Views : 342 Views
मकवानपुर
मकवानपुर गढी वडा नं ६ ले वडाभरी रहेका टाेल विकास संस्थाहरुकाे विधान हस्तान्तरण एवम् प्रमाणपत्र बितरण कार्यक्रम अाज सम्पन्न गरेकाे छ । वडा अध्यक्ष टीका प्रसाद दहालकाे अध्यक्षतामा बसेकाे भेलामा वडाका ६ वटै टाेलबिकास संस्थाका अध्यक्ष एवम् पदाधिकारीहरुकाे उपस्थिति रहेकाे थियाे । वडाकाे समानुपातिक विकास र जनसहभागितामा अाधारित बिकास कार्यलाई तीब्रता दिन टाेल बिकास संस्था गठन गरिएकाे अध्यक्ष दाहालले बताउनुभयाे । वडामा जनएकता टाेलविकास संस्था, डुम्रेकुना टाेलविकास संस्था, सम्बृद्धि टाेलविकास संस्था, जनजागृति टाेलविकास संस्था, अामभज्याङ टाेलविकास संस्था, नवदुर्गा टाेलविकास संस्था, गरि ६ वटा टाेलबिकास संस्था रहेका छन् । टाेलविकास संस्था गठन भएपछि वडामा रहेका विकास निर्माण र याेजना कार्यान्वयनमा सहजता अाएकाे सम्बृद्धि टाेलविकास संस्था संस्थाका अध्यक्ष बद्री दाहालले बताउनुभयाे । भेलामा अध्यक्ष दाहालले टाेलविकास संस्थाका अध्यक्षहरुलाई यस वर्षकाे बजेटमा वडाले कुन कुन शीर्षकमा कति कति बजेट बिनियाेजन गरेकाे छ भन्ने बारेमा अभिमुखीकरण समेत गर्नुभएकाे थियाे । कार्यक्रममा डुम्रेकुना टाेलविकास संस्थाका अध्यक्ष नरबहादुर स्याङ्तान लगायतका अध्यक्षहरुले अा- अाफ्ना धारणा ब्यक्त गर्नुभएकाे थियाे । कार्यक्रममा वडा सदस्य केशव न्याैपाने, वडा कार्यपालिका सदस्य चिनिमाया लुङ्वा, लगायतकाकाे उपस्थिति रहेकाे थियाे ।