Flash News

गणतन्त्र दिवसलाई गाउँगाउँ र घरघरमा मनाउने तयारी गरौंः प्रधानमन्त्री ओली

Post Views : 116 Views

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र भनेको लोकतन्त्रको वास्तविक स्वरुप भएको बताएका छन् ।

गणतन्त्र दिवस मुल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै आज प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन ।

प्रधानमन्त्री ओलीले गणतन्त्रलाई जनताको दिवस बनाउनु पर्ने बताएका छन ।

‘यस दिवसलाई गाउँगाउँ र घरघरमा समेत मनाउने गरी तयारी गर्नुपर्दछ’, ओलीले भने ‘यो जनताको दिवस हो । जनताले जितेको उत्सवको रुपमा यसलाई मनाउनु पर्दछ । ’

प्रधानमन्त्री ओलीले नेपालमा २००७ सालभन्दा अघि देखि नै गणतन्त्रका लागि संघर्ष भएको बताए ।

‘कुनै एउटा आन्दोलनबाट मात्र नेपालमा गणतन्त्र आएको होइन, ‘प्रधानमन्त्री ओलीले भने, ‘विभिन्न समयका आन्दोलन र त्यागले गणतन्त्रको स्थापना भएको हो ।’

गणतन्त्रको स्थापनाले नेपालमा जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तलाई बिस्थापित गरेको बताए ।

कुनैबेला राजा बन्न पनि गणतान्त्रिक अभ्यास हुने गरेको स्मरण गर्दै ओलीले पछिका शासकलाई जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त ल्याएर गणतान्त्रिक मान्यता तोडेको प्रधानमन्त्री ओलीको भनाइ छ ।