Flash News

गृहराज्यमन्त्री ईन्द्र बानियाँलाई खुल्ला पत्र !

माननीय गृहराज्यमन्त्री ईन्द्र बानियाँ ज्यु ।
मकवानपुरे नमस्कार ।
सर्वप्रथम समय अनुसारको मकवानपुरे अभिवादन । हामिलाई गर्व लाग्छ हामी मकवानपुरेले जिताएका जनप्रतिनिधीहरु मध्ये तपाईलाई गृहराज्यमन्त्री पाएका छौँ । गृहराज्यमन्त्री हाम्रै जनप्रतिनिधी पाउँदा हामी मकवानपुरबासी शीर उच्च भएको छ । तर हजुर जस्तो उच्च ओहदामा रहनु भएका व्यक्तिले टिकापुर घट्नाको दोषीलाई आम माफी दिन्छु र जो कोहि जति उफ्रेपनी केहिहुन्न भन्ने अभिव्यक्ति देश र जनताको हित बिपरित छ ।         तपाई एउटा गृहराज्यमन्त्री जस्तो जिम्मेवार पदमा बसेर निर्दोष प्रहरीलाई जिउँदै जलाउने, भाला रोपेर मार्ने र निर्दोष बालकलाई मार्ने क्रुर अपराधीलाई काँधमा बोकेर सति जान हामिले जिताएर पठाएको हैन । जनताको हक अधिकारलाई सुनिश्चित गरि सुशासन र सुब्यबस्था कायम होस भन्ने मनसायले सबैले अमुल्य मत दिएर जिताएको जानकारी गराउन चाहन्छु । कानुन हातमा लिएर निर्दोष जनताको प्राणमाथी धावा बोल्ने अपराधीलाई संरक्षण गर्ने बिचार दिमागमा ल्याउनु अघि अलिकति पनि त्यो क्रुरताले मनमा छोएन तपाईलाई ? गल्ती कसको रहेछ भन्ने छानविन गारेर दोषीलाई कार्वाही गर्नु पर्छ भन्ने सानो सोचपनि मनमा आएन ? माननिय ज्यु तपाईको घरपरिवारका कुनै सदस्यलाई यदि कसैले यस्तैगरि जिउँदै जलाएर भाला रोपेर र अबोध बालकलाई मारेमा त्यो अपराधीलाई माफी दिन सक्छ ? जवाफ चाहियो माननीय ज्यु । अनि त्यो अपराधीलाई सरकारले माफी दिएमा के हजुरको मनमा शान्ति हुन्छ ? के तपाईले त्यो निर्दोष जनताको रगतमा होलि खेल्ने अपराधीलाई माफी दिएरै छाड्नु हुन्छ ? अनि आन्दोलनका हरेक दोषीहरुलाई माफी दिएर आन्दोलनको नाममा मान्छेको ज्यान मार्ने धन्दामा संलग्नलाई प्रोत्सहान दिने तपाईको कर्तव्य हो ? चाहे जुुनसुकै बहानामा होस एउटा मानवले अर्को मानवको हत्या गर्नु अपराध हो भन्ने कुरा कहिले बुझ्नु हुन्छ मानानिय ज्यु ? एउटा क्रुरताले अर्को क्रुरता जन्माउछ भन्ने कुरा कहिले बुझ्नु हुन्छ माननिय ज्यु ? सरकारले जनतालाई न्याय दिने हो की अन्याय ? के क्रुर अपराधीहरुले संधै यसरी नै राजनीतिक संरक्षण पाईरहनेछ ? के जनताले संधै अपराधी र राज्यको लागि ज्यानको बलि चाढाई राख्नु पर्ने हो माननिय ज्यु ? के साँच्चै न्याय मरेकै हो त ? के अपराधीलाई स–सम्मान माफी दिनुपर्छ भन्ने तपाईको धारणा हो ? जवाफ खोजेको छ जनताले । यदि सक्नु हुन्छ न्याय दिनु पीडितलाई । टिकापुर घट्नाको दोषीलाई कार्वाही गरेर देखाउनु हामी सम्मान गर्छु हजुरलाई तर राजनीतिक स्वार्थ पुर्तिका लागि र सकैलाई रिझाउनको निमित्त जनताले संधै आफ्नो ज्यानको बलि चढाएन बस्दैन र हामी पनि तपाईले जे–जे गर्यो त्या सहेर बस्नेवाला छैन । एकचोटीको बाटो नहेर्नुहोला माननिय ज्यु । जनताई नेता चाहिन्छ र नेतालाई जनता चाहिन्छ । एकचोटि निर्दोष जनताको ठाउँमा बसेर कसैको छोरा, कसैको श्रीमान, कसैको दाजु मार्द पर्ने पीडालाई तिनिहरुको ठाउँमा रहेर हेर्नू अनि बुझ्ने कोसिस गर्नु यदि तपाईंको त्यो मनमा थोरै मानवता र संबेदनसिलता छ भने । सक्नु हुन्छ हामिले गर्वगर्न सक्ने देश र जनताको हितमा काम गर्नु हैन भने देश र जनताको हित बिपरित काम गर्ने अधिकार छैन । जनताले सत्ता र सडक दुबै ठाउमा पुर्याउन सक्छ । जनता कमजोर छैन जनता कमजोर छ भन्ने कमजोर मनस्थिती पनि नबनाउनु होला । आजलाई यति नै । यो एउटा सर्वसाधरण जनताको बोली हो । यो पत्र कुनै आक्रोस र राजनीतिक पुर्वाग्रहमा लेखेको होइन । एउटा व्यक्तिको धारणा भनेर लत्याउने काम नहोस ।
दिपक सिंह रुम्बा
मकवानपुर
गृहराज्यमन्त्री बन्ने खुड्किलोको एक इट्टा


सम्बन्धित समाचार शीर्षकहरु