Flash News

गौतमद्धारा विप्लव पार्टी परित्याग गरेको घोषणा

Post Views : 77 Views

मकवानपुर
विप्लव कार्यकर्ता रहेको भन्दै प्रहरीले पक्राउ गर्न थाले पछि हेटौडा ४का भिम प्रसाद गौतमले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ । आज हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै गौतमले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ। मकवानपुरमा रहेर अटो रिक्सा तथा व्यवसाय गरेर आफ्नो जीविकोपार्जन गरेपनि पार्टीमा आबद्ध रहेको भन्दै प्रहरी प्रशासनबाट अवरोध आईरहेका कारण पार्टी परित्याग गरेको गौतमले बताउनुभयो ।साउन १७ गते प्रहरीले विप्लव भन्दै पक्राउ गरेपछि १० हजार धरौटिमा भदौ ८ गते रिहा गरेको समेत उहाँले बताउनुभयो । सरकारले प्रतिबन्ध लगाएको पार्टीमा संलग्न रहेको भन्दै पटक–पटक प्रहरीले पक्राउ गर्न थाले पछि पत्रकार सम्वेलन गर्नुपरेको उहाँले बताउनुभयो । जीविकोपार्जनका लागि ऋण लिएर खरिद गरेको अटोको समेत किस्ता तिर्न समस्या परेको गुनासो गर्दै आजदेखि पार्टीको प्रतिनिधि नरहने गरि पार्टी परित्याग गरेको र स्वतन्त्र नागरिक भएर बाँच्न पाउनुपर्ने माग गर्नुभएको छ ।