Flash News

चार संगठन ले दिए सन्युक्त् प्रेश बिज्ञप्ति

सन्युक्क्त प्रेस बिज्ञप्ती,
हाम्रो महान एबम गौरव शाली संगठन अनेरास्ववियु क्रान्तिकारी , राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ, नेपाल विद्यार्थी संघ , नंया शक्ति लामो समय अगि देखि नै विद्यार्थी को हक अधिकारमा आवाज उठाउदै आईरहेको अवगत गराउन चाहे , कलेजमा एकलौटी , आफ्नो खुशी र मनोमानी ढंगबाट छात्राबृती जस्तो संबेदनसिल फर्ममा एकलौटी प्रयोग गरि छात्रवृत्तिमा एकाधिकार जमाउने र त्यसैगरी कलेज भित्रका आन्तरिक , कुराहरु , सुचना हरु , हिसाब विवरणहरु , हाम्रो चार संगठन लाई कुनै किसिमको वास्ता नगरी आफ्नो खुशी गर्ने गराउने पाईएकोले गर्दा यस विषयमा हाम्रो संगठन घोर आपत्ति व्यक्त गर्दछ । र छात्रवृत्ति को सन्दर्भमा रातो र सेतो एकलौटी अधिकार प्रयोग गरि छापिएको फर्म माथी हाम्रो ४ संगठन पुर्ण रुपले बहिष्कार गर्दछौ । र यश सन्दर्भमा अर्चालिस घण्टे अल्टिमेट समय दिई क्याम्पस प्रशासन र स्ववियु लाई ध्यानाकर्षण गराउन चाहे । यदि हाम्रो कुरलाई वास्ता नगरी यहि फर्म लाई कायम गरि अटेर गरेको खण्डमा हाम्रो चार ;संगठन ले कडा भन्दा कडा क्रान्तिको स्वरूप देखाउन कहि कतै बाट पछि नहेट्ने र उक्त परिवेशमा हुने सम्पुर्ण घटनाको जिम्मेवारी क्याम्पस प्रशासन र स्ववियु हुने कुराको अवगत गराउन चाहे ।

अनेरास्ववियु क्रान्तिकारी,अध्यक्ष :- रामकृष्ण शिवाकोटी
नेपाल विद्यार्थी संघ, सचिव :- सलिना बजगाई
नेपाल विद्यार्थी संघ, उपाध्यक्ष :- मिलन पुडासैनी
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ,अध्यक्ष :-उज्ज्वल पोखरेल
नंया शक्ति विद्यार्थी मकवानपुर,अध्यक्ष :- धन कुमार लामा