Flash News

चेतना मुलक कार्यक्रम गरी मनाइयो लागूऔषध दुरुपयोग तथा ओसारपोसार विरुद्धको दिवस

Post Views : 139 Views
मकवानपुर ,
‘समृद्ध राष्ट्र निर्माणका लागि लागूऔषधरहित स्वस्थ जीवन’ भन्ने मूल नाराका साथ विविध कार्यक्रमहरुको आयोजना गरेर हेटौँडामा लागूऔषध दुरुपयोग तथा ओसारपोसार विरुद्धको दिवस मनाइएको छ ।  दिवसको अवसरमा आज हेटौडा उपमहानगरपालिका ९ नंम्वर वडा कार्यालयमा अन्तरकृया कार्यक्रम भएको छ। । कार्यक्रममा बोल्दै सहभागिहरुले लागु औषधले एक ब्यक्ति हुँदै समाज र सिंगो देशको असर पार्ने बताएका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख मुकेश कुमार सिंहले लागु औषधको प्रयोगले कसैको पनि भलो नगर्ने भन्दै लागु औषध प्रयोगलाई निरुत्साहित गर्न सबै समुदाय एक भएर लाग्नु पर्ने समय आएको बताउनुभयो  ।लागूऔषध नियन्त्रण गर्नका लागि प्रशासन र प्रहरीले मात्र नसक्ने भएकाले स्थानीय तह संगै आम नागरिक समाज लाग्नुपर्ने उहाँको भनाई छ।  मकवानपुरको सन्दर्भमा चालु आर्थिक बर्षमा मात्र मकवानपुरको राक्सीराङ्, कैलाश, बकैयाँ लगायतका गाउँपालिकामा ३ सय ४२ बिगाहा क्षेत्रफलको गाँजा नष्ट गरिएको उहाँको भनाई रहेको छ । हेटौडा ९ नंम्वर वडामा रातीको समयमा हुने गलत कृयाकलाप नियन्त्रणको लागि आमा समुहले गस्ति गर्ने गरेको भन्दै उहाँले प्रसंसा समेत गर्नुभएको थियो । कार्यक्रममा बोल्दै ९ नंम्वर वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले लागू औषध प्रयोगकर्ताहरु बढ्दै गईरहेका बेला यस तर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । लागूऔषधको प्रयोगले समाजमा नकारात्मक क्रियाकलापहरु बढ्ने भएकाले सबै पक्ष जिम्मेवार बन्नु पर्ने उनको भनाई छ । बालबालिका र किशोरकिशोरीहरुले लागुऔषध प्रयोग गर्ने क्रम वढेकाले यसलाई रोक्न विभिन्न गाउँ टोलहरुमा चेतना मुलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो । ९ नंम्वर वडा लागुऔषधको अती जोखिममा रहेको भन्दै उहाँले आफुहरु यसको नियन्त्रणको लागि अहोरात्र खटिन तयार रहेको बताउनुभयो । रातोमाटेका चेक पोष्ट रहेको तर लागुऔषध कारोवारीहरु  प्रहरीको आँखा छलेर जंगलको बाटो भएर सहज आवत जावत गर्ने भएकाले उपयुक्त ठाउँमा चेक पोष्ट राख्नु आवस्यक रहेको पनि उहाँले बताउनुभयो । कार्यत्र mममा पदमपोखरी युवा महिला संजालको तर्फवाट लागुऔषध प्रयोग बाट निम्तन सक्ने समस्यालाई उजागर गर्दै नाटक प्रस्तुत गरिएको थियो। कार्यक्रम सिआन पुनस्र्थापना केन्द्र,पदमपोखरी युवा महिला संजाल, मकवानपुर खबर डट कम, हजुरको खबर डट कम, पुष्पाञ्जली आमा समुह लागाएतको सहआयोजनामा भएको हो ।  लागूऔषध तथा ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस हरेक वर्ष जुन २६ मा मनाउने गरिन्छ ।

Image may contain: 6 people, people smiling, people standingImage may contain: 3 people, people sittingImage may contain: 4 people, people sitting and people standingImage may contain: 13 peopleImage may contain: 2 peopleImage may contain: 1 person, shoesImage may contain: one or more people, shoes and child