Flash News

च्याउ खेतीबाट बिदेशमा जत्तिकै पैसा नेपालमै कमाउँदै हेटौडा १४ का एक युवा (भिडियो सहित)

Post Views : 461 Views

दिपक सिंह रुम्बा/धेरैले भन्ने गर्छन नेपालमा केही गर्ने वातावरण छैन । अनि रोजगर पनि छैन सधै बेरोजगार नै बस्नु पर्छ । तर हेटौंडा १६ नयाँबस्तीका एक युवा सोम बहादुर थिङले नेपालमा नै बिदेशमा जत्तिकै आम्दानी गरि रहनु भएको छ ।
नेपालीहरुले रोजगारको गन्तब्यको रुपमा खाडी मुलुकहरुलाई मानेर लाखौ नेपाली बिदेशमा पसिना बगाईरहेको छ । थिङले पनि बिदेशको बिभिन्न भोगाईपछि अहिले मेहेनत गरेमा नेपालमा पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने कुरालाई आत्मसाथ गरेर सुरु गर्नु भएको च्याउ खेती व्यवसायले मनग्य आम्दानी गर्नसक्ने बनाएको छ । करिब ७ लाखको लगानीमा थिङले व्यबसाय सुरु गर्नु भएको थियो । अहिले उहाँले मासिक ५० हजार भन्दा माथि आम्दानी गरिरहनु भएको छ । एक पटक लागाई सकेपछि करिब तीन महिनासम्म निरन्तर आम्दानी दिने भएको च्याउ खेतीको आम्दानीबाट थिङ निक्कै खुसि भएका छन ।
बिदेशमा जाँदा एक काम भनेर लगेर अर्को काममा लगाएको अनि बिदेशमा हुँदाको दुख सम्झेर थिङले नेपालमा बसेर गरेको यो व्यबसाय गर्दा अनि परिवारसंग बस्न पाउँदाखेरी सारा खुसी अनि आनन्द नेपालमै पाएको अनुभुति सुनाउनु भयो । च्याउ खेतीबाट राम्रो आम्दानी भएपछि थिङले अझै यो व्यवसायलाई बढाउँदै लैजाने योजना रहेको बताउनु भयो । कम समयमा नै लगानी उठेको र राम्रो फाईदामा रहेकोले थिङले अब केही समयपछि एउटा घडेरी समेत किन्ने सोच बनाउनु भएको छ । नेपालमा केही अबसर छैन अनि रोजगार छैन भन्नेहरु धेरै छन उहाँ भन्नु हुन्छ नेपालमा अबसर नभएको होईन नेपालमा भएको काम गर्न लाज भएको हो । काम कुनैपनि सानो हुँदैन सानो काम त गलत काम हो सहि काम सधैँ ठुलो हुन्छ थिङले भन्नु भयो । थिङले फेरी थपे अब रोजगारी खाज्ने होईन स्वरोजगार बन्न खोज्ने हो । जागिर आबश्यकता पुरा गर्न सकिन्छ तर व्यवसायले सपना पुरा गर्न सकिन्छ । उहाँको मनमा अरु नेपालीहरु पनि नेपालमा नै स्वरोजगार बनाउन
उहाँले च्याउ खेतीगर्न सिक्ने मन भएहरुलाई पनि निशुल्क च्याउ खेती गर्न सिकाउदै आउनु भएको र अझै सिकाउँदै जाने बताउनु भयो ।
च्याउ खेतीगर्न सिक्ने मन भएमा यो भिडियो हेर्नुुहोस सम्पर्क नम्बर भिडियोमा छ ।