Flash News

तीन नम्बर प्रदेशले बनायो जिल्ला र नगरसभा सञ्चालनको कार्यविधि

मकवानपुर, चैत १६ –

तीन नम्बर प्रदेशको शुक्रबार बिहान सम्पन्न मन्त्रिपरिषद् बैठकले जिल्ला र नगरसभा सञ्चालनको कार्यविधि बनाएको छ । जिल्लासभा कसरी सञ्चालन गर्ने र नगरसभा कसरी सञ्चालन गर्ने भन्ने कार्यविधि बनाइएको हो ।यसैगरी तीन नम्बर प्रदेशका मन्त्रीहरुको सेवा सुविधाका विषयमा पनि सैद्धान्तिक सहमति भएको मन्त्रिपरिषदका प्रवक्ता कैलाश ढुंगलले बताउनुभयो ।प्रदेशका मन्त्रीहरुले के–कस्ता सेवा सुविधा लिने र तलब कति लिने भन्ने कुरा भने तय भइनसकेको उहाँले बताउनुभयो । मन्त्रिपरिदबाट निर्णय भएका कुरालाई शुक्रबार नै अपरान्ह बस्ने संसद बैठकमा पेश गर्ने तयारीसमेत गरिएको छ । यसैगरी स्थानीय तहका जनप्रतिनिधिहरुको सेवा सुविधाका विषयमा पनि केही फेरबदल गर्न सकिने उहाँको भनाई छ ।