Flash News

थाहा नगरपालिकास्थित दामनमा अज्ञात समूहले ट्रकमा आगजनी

Post Views : 46 Views

उत्तरी मकवानपुरको थाहा नगरपालिकास्थित दामनमा पर्ने जंगल क्षेत्रमा ट्रकमा अज्ञात समूहले आगजनी गरेको छ । काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख ७४११ नम्बरको ट्रकमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ट्रकम रहेको चालक सहित ३ जनालाई ट्रकबाट आरालेर उनीहरुले आगो लगाएका हुन । पालुङ र दामनको जंगलबीचमा ट्रकलाई रोकी घरेलु हतियार देखाएर ४–५ जनाको समूहले पेट्रोल खन्याएर अगजनी गरेको हो । विप्लवको बन्दको संघारमा भएकोले उनीहरुले नै आगो लगाएको प्रहरीले अनुमान गरेको छ । अगजनीबाट ट्रकको टेलरमा क्षति भएको छ ।