Flash News

दक्षिण अफ्रिका विरुद्धको तेस्रो टेष्टमा भारत पहिलो दिन नै अलआउट

काठमाडौं माघ १० – दक्षिण अफ्रिका भ्रमणमा रहेको भारतले तेस्रो टेष्टमा पनि खराब प्रदर्शन गरेको छ । पहिलो दुुई खेल गुमाइसकेको भारत तेस्रो खेलको पहिलो दिन नै सबै विकेट गुमाउँदै १८७ रनमा अलआउट भयो ।
टस जितेर ब्याटिङ्ग गर्ने निर्णय गरेको भारतले ७७ ओभर खेल्दा पुरै विकेट गुमाउन पुुग्यो । भारतका लागि विराट कोहलीले जोडेको ५४ रन नै टिमका लागि सर्वाधिक स्कोर बन्न पुुग्यो । कोहली बाहेक चेतेश्वर पुजाराले ५० रन र भुवनेश्वर कुमारले ३० रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकको रन समेत बनाउन सकेनन् । 
भारतका लागि अजिन्क्या रहाणेले ९, मुरली विजय र मोहम्मद सामीले ८ – ८ रन जोड्दा अन्य खेलाडीले रनको खाता नै खोल्न सकेनन् ।
 दक्षिण अफ्रिकाका लागि कागिसो रवाडाले तीन विकेट लिए भने मोर्ने मोकेल, भेरोन फिलेन्डर र एन्डले फिलेक्वावोले २–२ विकेट हात पारे ।
 बुधबार नै पहिलो इनिङ्ग सुरु गरेको दक्षिण अफ्रिकाले एक विकेटको क्षतिमा ६ रन बनाएको छ ।


सम्बन्धित समाचार शीर्षकहरु