Flash News

दशैँ साझा कि हिन्दुहरुको मात्र ?

आचार्य सर्बजीत गोङ्वा तामाङ

पहिलो त मेरो लस्सो फ्याफुल्ला तशिदेलेक नमस्ते। यहाँ दसैंको विषयमा चर्चा गर्नु पर्दा नेपालको मध्यकालीन इतिहास देखि राजनितीक घटनाक्रमहरुको चर्चा गर्नुपर्दा श्री ५ पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुभन्दा अगाडि नेपालीको विभिन्न चेत्रहरुमा स-साना राज्यका रूपमा रहेकोे अर्थात बाइसे चौबीसै राज्याहरु थिए। वि,स,१७९९ मा जब श्री पृथ्वीनारायणशाह राज्गद्धिको हकदार भए तेसपछि ती बाइसे चोउबिसे रज्यहरुलाई एकीकरण गर्ने उनको सङ्कल्प पनि पुर्ण रूपमा सफल भयो तेस पछि १०४ वर्षसम्म रानाकालिन हैकमवादि शासन चलायो। ती मध्येका राष्ट्रियरूपमा मनाइने दसैं पर्वबारे यहाँ प्रस्तुत गरिएकोछु। हिम्दु पुस्तक रामायणमा वर्नन गरिएको कथा सारङ्सामा आधारित घटना विवरण क्रमसङग दसै मान्ने परम्पराको थालनी भएको भनिन्छ यथार्थमा यसको थालनी कहाँ कोबाट कहिले भएको भन्ने कुनै प्रमाणिात आधार कतै भेटिएको छैन। कथाअनुसार श्रेत्री राजा दसरथ पुत्र रामपश्रेले लङ्कापती राश्रेस राजा रावनलाई युद्धदारा हराएको कथासङ्ग जोडिएको देखिन्छ । विगतको १०४ वर्ष सम्मको जहानिया राणाशासन कालमा दसै नमान्नेहरु सार्वजनिक स्थलमा उभिएर फाँसी वा आजिबन कारावासको कठोर सजायका भागी हुन्थ्यो। दसै मानेका प्रमाण देखाउनका लागि फुलपातिका दिनदेखि नवमीका दिनसम्मा कुखुरा, खसी,बोका,र रागाको मार हानी आ-आफ्नो घरको मुल ढोकाको दायाँबायाँ भित्तामा पाँच/पाँच (५/५) औलाका रगतको छाप अनिवार्य रूपमा लगाउन बाध्य गराइन्थ्यो भन्ने आदिवासी जनजातिहरुका विशेष गरि तामाङहरुको श्रेद्द्येय अग्रज पुर्खाहरुको भनाइ रहेकोे पाइन्छ। वर्तमान अवस्थाकै कुरा गर्ने हो भने पनि जब दसै आउछ अनि रेडियो नेपाल र नेपाल टेलिभिजनदारा हिन्दुहरुको मात्र महान पर्व बडा दसै हो भनेर प्रसारण गरि एक हप्तासम्म राष्ट्रिय बिदाको घोषणा गरिन्छ। यदि दसै राष्ट्रिय रुपकै चाड पर्व र सस्कृती हो भने हिन्दुहरुको मात्र हो किन भन्नूपार्‍यो त? दसै पर्व आयो हिन्दुहरुको मात्र,तिहर आयो हिन्दुको मात्र तिज आयो तेस्तै। यहि हो सबै जातको साझा फुलबारि? जातीय अहंकारकै आधारमा हिन्दुभित्र किन यास्तो असहिष्णुता? नेपाल एउटा बहुसास्कृतिक,बहुधर्मिक,बहुजातीय मुलुक हो भन्ने कुरा तपाई हामिबिच सर्वविदितै छ। यसको अर्थ नेपालमा हिन्दुहरु मात्र बस्दैनन भन्ने कुरा स्प्रस्ट हुनु हो। अर्कोतिर माथी भनिएझै श्रेत्रि राजा दशरथपुत्र राम पक्षेले लङ्कपती राश्रेस् राजा रावण र उनका सेनापति महिसासुर्लाइ उनको शक्तिबाट हराएपछि तिनै खुशीयालिमा दसै पर्व मन्न सुरु गरिएको हो भन्ने कहावत पनि छ। दसैको पर्वामा खुडाले रागको मार हन्ने र अहिलेको आदिवासी साथै तामाङ जन्जातिहरु चही तिनै लङ्कपति रावण तथा रागाको रूपमा ढालेर रगत दुर्गलाइ चढाइने र रागारूपी महिसासुर्का साखा सन्तान हुन भनी भनिन्छ। तर पनि दु:खदको कुरा हामी तामाङहरु चही उसैको चाडपर्व मनाउछोउ के यो राम्रो हो त? दसै हाम्रो भनेरअनौने सम्पुर्ण तामाङ हरुमा मेरो प्रसण? तिनै कारणले गर्दा अरु जात राई, लिम्बू, मगर, गुरुङ, थकाली,थारु,धिमाल,राजवङ्सि, आदि अर्थात यहाँका आदिवासी जनजाति प्राय: सबैले हिन्दू धर्मको मात्र बडा दसै भनिदिएपछि आफुलाइ अलग र दसै पर्वलाइ परित्याग गर्दै लागिसकेका छन। के हामी तामाङहरु चही दसै हाम्रो चाड पर्व भनेर हिन्दुहरुको चाड पर्व सस्कृतिलाइ अङगल्नु राम्रो हो त? तामाङ बिशुद्द रुपमा बौद्ध मार्गिहुन यसमा कुनै दुईमत छैन। तामाङ बौद्धमार्गी भएकोले हिन्दु धर्मको चाड पर्व सस्कृतिलाइ अङ्गाल्नु राम्रो हुदैन। यसले आफ्नो पहिचानलाई नै गुमाउनेछ। पहिचन नै छैन भने रास्टिय चिनारी दिन सक्दैन राष्ट्रिय चिनारी नभएपछि हाम्रो तामाङ अथवा अन्य आदिवासी जन्जातिको अस्तित्व रहदैन। त्यसैले हामी तामाङ अथवा अन्य जन्जातीहरु यो कुरालाइ गम्भीरतापर्ूवक सोच्नु पर्ने दिन आएकोछ। अहिले हामिले नसोचे भावी तामाङ अथवा अन्य जाती हरुको आस्तित्व नाश भएर जानेछ यसमा दुईमत छैन। यसरी राज्यको तर्फबाट अति उच्चस्तरमा आवश्यकता आउपचारिक्त पुरा गर्ने भन्दा पनि बढी नै प्राथमिकता दिएर मनाउने दसैं पर्व नितान्त साम्प्रदायिक बखानसङग सम्बन्धित राम्पश्रेका शाक्ती देबि दुर्गा र रावण पश्रेका सेनापति महिसासुर राश्रेस आदि सङ्गको (९) दिन सम्मको रक्तरन्जित लडाइ र दसौं दिनको (विजय दिवस)विजय टिकाको मुल गाथालाइ गर्विलो स्तरमा मनाउन नै राज्यले अस्व्भाविक रूपमा लिएको मुख्य आहम हो। र अर्कोतिर यो दसैं र हिन्दु धर्मको नाममा आफ्नो इच्छा चाहना पुर्याउन वा पुगेको खुशीयालिमा मन्दिरमा लगेर ती निरीह पसु पन्छिहरुलाइ जसरी रेट्छओ मार्छोउ त्यसले प्राणीहरु मध्येका उच्च श्रेणीमा रहेका मानिसलाई कति निच श्रेणीमा पुर्याउछ त्यो त कसैले सोचेका छैनौं? बोल्न नसक्ने मुक पशुपन्छिहरुलाइ भगवानको मुर्तिअगाडि काटेर कसरी मानिसलाइ धर्म हुन्छ होला? मानिस भित्र पनि उहीँ भगवान ति निरीह पशु पन्छी भित्र पनि उहीँ भगवान छन भने कस्ले मानिसलाई उनीहरुको बध गर्ने अधिकार दियो? के यहि हो त धर्मले सिकएको ज्ञान्? धर्मले त सबै प्राणीहरु प्रति करुणा, सदभाव, र शान्तिपूर्ण सहअस्तित्वको मार्ग देखाएको हुन्छ। के धर्मग्रन्थहरुले यसैगरी भगवानको पुजा गर्न भनी मानिसलाई प्रोत्साहन गरेका छन? सर्व प्रथम मानव भएर शृस्टिको एउटा उच्च श्रेणिको जीव भएको नाताले मानिसले बुझ्नु जरुरी छ। बलि के हो? के आफू भन्द कम्जोर र निरीह अनि बोल्न नस्किने पशु पन्छिलाइ भगवानको अगाडि लगेर काट्नु बलि हो? आफ्नो शरणमा भएका र आफू भन्द निर्धको बध गर्नु कुनै पुर्सार्थ होईन। मानिसलाइ सदा सर्वदा दुःख र चिन्तामा पारिरहने पाश्विक नराम्रो कर्म पाँच वटा जस्लाइ लोप, मोह, अहम्कर, तृष्णा, र क्रोध नाम्ले चिनिन्छ यस्ता खाल्का पन्च् विक पाँच बिकलाइ त्य्ग्नु सक्नु सच्चा बलि हो। होइन भने खाने वाहान मात्र हो।यदि यस्तो कट्मार भोक दिनु धर्म हो भने पाप चही कस्तो होल? सोचओ सबैले।। जब बडा दसै आउछ लाखौं प्राणिहरुको हरेक घरदैलोमा हत्या गरिन्छ यही हो नेपाल को महान चाड? 

तेसैले हत्या हिंसा ले त हत्या हिंसानै जन्मौछ तेसैले धर्मको नाममा हत्या हिंसा नगरौ। अन्तमा, नेपाल एउटा बहुभाषिक, बहुजातीय र बहुधर्मिक देश हो।त्येसभित्र बसोबास गर्ने एक तामाङ जाति पनि पर्छ। तामाङ जातिहरु वङशाणु परम्परागत इतिहासलाई फर्केर अवलोकन गर्ने हो भने विशुद्ध रुप्ले बौद्ध मार्गी हुन। तर पनि यो देशको विभिन्न राजनीतिक अस्थिरता निरङ्कुस शासनले गर्दा तामाङहरुको आफनो धर्म, सास्कृती पहिचानलाई नामेट गरेको छ। त्यस्ले गर्दा अहिले हामी तामाङहरुमा धार्मिक,सास्कृतिक,आध्यात्मिक, शैक्षिक,राज्नितिक, सामाजिक,आर्थिक,रूपमा अलि कमजोरी भएका होउ। तेसैले मेरो आग्रह आफ्नो धार्मिक तथा सस्कृतिक पहिचानलाइ अगाल्नु र आफनो अस्तित्वलाइ बचाएर रास्टिय चिनारि दिन अनुरोध गर्दाछु।। (आचार्य सर्बजीत गोङ्वा तामाङ) लस्सो फ्याफुल्ला नमस्ते


सम्बन्धित समाचार शीर्षकहरु