Flash News

दिपक कालिराजले जिते हेटौंडा आईडलको उपाधि

Post Views : 244 Views

मकवानपुर,२९ फागुन । मकवानपुरको हेटौँडामा आयोजित ‘राष्ट्रिय औद्योगिक व्यापार मेलाका अवसरमा आयोजना गरिएको गायन प्रतियोगिता हेटौँडा आईडलको नतिजा सार्वजनिक भएको छ । बुधबार सार्वजनिक भएको नतिजा अनुसार फाईनलमा पुगेका सुसन शाह ठकुरी, विजय लामा, सुशल तामाङ र भुवन घलानलाई पछि पार्दै हेटौँडा आईडलको उपाधि दिपक कालिराजले जितेका छन् ।

त्यस्तै विजय लामा द्वितिय भएका छन् भने सुसन शाही ठकुरी तृतिय भएका छन् । आईडल जितेसँगै कालिराजले नगद ३५ हजारसहित ५ हजार बराबरको चन्द्रागिरी केबलकार टिकेट प्राप्त गरेका छन् । साथै उनले वोन ट्राभल्सको तर्फबाट युएई (दुबाई) आउने जाने टिकटका साथै लक्ष्मी टेक्नोप्लाष्टको तर्फबाट कफी टेवल एक सेट र भिसिरिज सरफको तर्फबाट आकर्षक पुरस्कारसमेत प्राप्त गरेका छन् ।