Flash News

दुब्र्यसन न्युनिकरणको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न


मकवानपुर÷११ जेष्ठ
हेटौडा १२ पदमपोखरीमा रहेको पदमपोखरी युवा महिला संजालको अयोजनामा लागुपादार्थ दुब्र्यसन न्युनिकरणको लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। हेटौडा उपमहानगरपालीकाको आर्थिक र सिआन पुनस्र्थापना केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रममा पुनस्र्थापना केन्द्रका प्रमुख सौजन डिसी र नीराजन तमाङले सहजिकरण गर्नुभएको थियो। संजालकी अध्यक्ष मनिषा कट््टेलको अध्यक्षतामा भएको कार्यक्रममा ग्रामीण महिला सेवा केन्द्रकी सचिव अचला शर्मा, हेटौडा उपमहानरपालीका नगरकार्यपालिका सदस्य रुक्मिनी स्याङतान,पदमपोखरी चौकिका नवराज कार्की , महिला सेवा कोषका अध्यक्ष यशोदा पराजुली लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रममा बुद्ध मा वि पदमपोखरीका १५० विद्यार्थीहरुको सहभागिता रहेको थियो।


सम्बन्धित समाचार शीर्षकहरु