Flash News

दुवाईमा सुटिङ भएको मार्मिक गीत एउटै मुटु नि दुइटा चिरा भो बजारमा (भिडियो हेर्नुहोस)

Post Views : 185 Views
बिरानो परदेश दुवाईमा रहेर पनि नेपाली गीत संगितलाई माया गर्दै सागर क्षेत्रीले उहाँको पहिलो निक्कै मार्मिक गीत एउटै मुटु नि दुइटा चिरा भो बजारमा ल्याउनु भएको छ । माया प्रेम अनि मिलन बिछोडको विषयलाई समेटेर तयार पारिएको गीतमा सागर क्षेत्री र बिपना रोक्का को आवाज रहेको छ । लय संकलन भुवन सागर मगर को रहेको छ भने शब्द सिर्जना आशिका राणा मगरले गर्नु भएको थियो ।
सागर बोहोराको निर्देशनमा सागर बोहोरा र देब कुमार श्रेष्ठले छ्याङ्कन गर्नु भएको थियो । मन्जरी डिजिटल रेकर्डिङ स्टुडियोको प्रस्तुतीमा दुबाईमा नै छ्याङ्कन गरिएको गितको भिडियोमा सागर क्षेत्री, हरी मगर , निशा, सुनिता र जनक ऐरीको अभिनय रहेको छ ।
उक्त गीतको भिडियो हेर्नुहोस ।