Flash News

धन्य छु परिवार प्रति, जस्ले बाटो देखाउनु भयो


सौजन डिसी ( सिआन पुर्नस्थापना केन्द्र )

हिजो मेरो घरमा समस्या थियो भोलि कसैको घरमा हुन सक्छ । समाजले नै समाजको खुटा तान्ने प्रबिधि भएकोले आज दिनहुदिन दुर्वसनी को समस्या बढदो छ ।कसैको छोरा कुलत मा छ भने त्यो के सुधरिन्थयो भन्ने समाज आफ्नो छोरा बिगरिए भने खुल्नु भन्दा नि लुकाउनु तिर लाग्छन । त्यसको मात्र एउटै कारण छ लाझ ।सहयोग लिने र दिने समाज आजकल फरक बन्दै गइरहेको मेरो केहि समयको भोगाइ ले बुझदैछु।र त्यै फरक सोच ले गर्दा नै बिग्रने हरु त झनै बिग्रदै छन् नबिग्रेका हरु पनि दलदल मा फस्दै छन। सामाजिक ब्यवहार फरक बनाउन हिडेका हामि हरु आज आफ्नै बालबच्चा नै फरक हुदै गइरहेका छन् ।एउटा लागुऔषध (सुई) हाल्ने ब्यक्ति होसमा थिएन । हात खुटा केही चलेको थिएन उसैको अगाडी उसको श्रीमती पंखा मा झुन्डिएर मर्दा पनि नशा ले लठाएको कारण बचाउनु त के त्यस्तो नगर भन्न पनि सक्दैन, अब भन्नुस त्यो रोग होकि मनमानि हो यहि कुरा हामिले बुझनु पर्छ ।रोग लाई लुकाउदा झन बल्झिन्छ ,मनमानि त आफ्नो हातमा हुन्छ रोग हुदैन । म आफु पनि पुर्न स्थापना को बाटो मा हिनेको भएर ब्यक्ति पुर्नस्थापित हुन सक्छ र यो सम्भव पनि छ भन्ने कुरामा विश्वास गर्छु र आजको दिन धन्य छु परिवार प्रति जस्ले बाटो देखाउनु भयो ।जस्ले इज्जत भन्दा पनि छोरा लाई हेर्नुभयो । हामि रहे मात्र संसार छ हामि नै नरहे संसार केहि छैन।