Flash News

नवलपरासीमा केरा खेती बढदै : कृषक भन्छन उखुभन्दा केरा राम्रो

रबिन्द्र यादव
परासी, १६ श्रावण । पछिल्लो समयदेखि नवलपरासीमा केरा खेती बढदै गएको छ । जिल्लाको गण्डक कमाण्ड क्षेत्रका किसानहरु उखुखेती विस्तारै छाडदै केरा खेतीतर्फ उन्मुख हुदै गएका छन् । किसानहरुका लागि केरा खेती नगदेबाली र मुख्य आम्दानीको श्रोतको रुपमा स्थापित हुदै गएपछि यस क्षेत्रका किसानहरु केरा खेती तर्फ आकर्षित हुदै गएका हुन ।

केरा खेती गत वर्ष जिल्लामा ७ सय ५० हेक्टेयर क्षेत्रफमा भई जिल्लामा कुल १२ हजार २ सय ५० मेट्रिक टन केरा उत्पादन भएको थियो । गत वर्षको तुल्नामा यसवर्ष केरा खेतीमा किसानहरुको बढदो आकर्षणले केरा खेतीमा ४० हेक्टेयर क्षेत्रफल बढी कुल ७ सय ९० हेक्टेयर क्षेत्रफलमा खेती भएको छ । यस खेतीले जिल्लामा करिब १४ हजार मेट्रिक टन केरा उत्पादन हुने अनुमान गरिएको छ । जिल्लाको गण्डक कमाण्ड क्षेत्रका साविक गाविसहरु गुठीपर्साैनी, पक्लिहवा, जमुनिया, गुठीसुर्यपुरा, कुडिया, र भित्री मधेशका कावासोती, नारायणी, चोरमारा लगायतका ठाउँहरु केराको मुख्य पकेट क्षेत्रको रुपमा रहेका छन् । जिल्लामा कृषकहरुले टिसु कल्चर, जि नाइन, रोबेष्टा, हरिछाल, भिम प्लस, मालभोग, बिलियम हाईब्रिड उन्नत जातका केरा खेतीहरु गरेको जिल्ला कृषि विकास कार्यालयका बागबानी विकास अधिकृत बालगोविन्द त्रिपाठीले बताउनु भयो ।


सम्बन्धित समाचार शीर्षकहरु