Flash News

नवलपरासी त्रिबेणीसुस्तामा बाढीको प्रभाव : दर्जनौ घरहरु डुवानमा

सहबान अन्सारी
नवलपरासीमा अबिरल बर्षाका कारण करिब १ दर्जन घरहरु डुवानमा परेको छ । नवलपरासीको सुस्ता गाउपा लिका वडा नं. ३ सेखुअनवामा र फेनहरामा गएराती करिब ११ बजे एक्कासी पानी पसेको थियो । गए राती सेखुअनवा स्थित रैपुरवा खोलाको पानीको सतह बढेपछी खोलाको पश्चिमी बाध करिब ५०० मिटर फुटे पछी खोलाको पानी गाउमा पसेको पिपरपाती परसौनी जल उपभोक्ता समितिका अध्यक्ष लोरीक यादवले बताउनु भयो । खोलाको किनारमा रहेको दर्जनौ घर, विध्यालय,सार्वजनिक भवन, मन्दिर लगायत हरुमा लाखौको क्षति भएको यादवले बताउनु भयो । रातीको समयमा गाउमा पानी पसेपछि खाधान, लताकपडा,आवश्यक कागजात लगायत सामग्रीहरुमा क्षति पुगेको स्थानियहरुले गुनासो गरेका छन ।
अहिले प्रतापपुर कुडीया भित्री सडक खण्डमा पानीको प्रभाव परेको हुदाँ पुर्णरुपमा यातायात बन्द गरिएको छ । साथै बाढीबाट प्रभावित भएका सयौं मानिसहरु सुरक्षित ठाउँमा जान बाध्य भएका छन ।


सम्बन्धित समाचार शीर्षकहरु