Flash News

पालुङ स्वास्थ्य केन्द्रको भवन २५ बैशाखमा हस्तान्तरण हुने

थाहा नगरपालिका, च्वाईस नेपाल, डोटेरा तथा स्थानीय सहयोगमा निर्माण भईरहेको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ निर्माणधीन भवनको दोस्रो चरणमा सामाजिक लेखा परिक्षण तथा सार्बजनिक सुनुवाई भएको छ । बुधवार भवन निर्माण समितिका अध्यक्ष निरञ्जन अधिकारीको अध्यक्षतामा व्यवस्थापन समिति निर्माण समिति तथा पत्रकारको विचमा समाजिक परिक्षण भएको हो । हाल सम्म भवन निर्माणको काम ९५ प्रतिशत सम्पन्न भईसकेको निर्माण समितिका अध्यक्ष निरञ्जन अधिकारीले जनाकारी दिए ।
१५ शैयाको अवधारणमा सुविधा सम्पन्न भवन निर्माण भईरहेको उनले जानकारी दिए । हाल सम्म १ करोेड ११ लाख ७३ हजार १ सय २० रुपैया निकासा भएको जसमा ९९ लाख ७७ हजार ६ सय ६२ रुपैया खर्च भएको सर्बजनिक सुनुवाई कार्यक्रममा जानकारी दिएको छ । १ करोड ३० लाख लागतमा निर्माण हुने भवनको लागि थाहा नगरपालिकाको १९ लाख ७३ हजार १ सय २० रुपैया सहयोग भएको छ । उक्त भवनलाई बैशाख २५ गते व्यवस्थापन समितिलाई हस्तान्तरण तथा थाहा नगरपालिकाका प्रमुख लबशेर विष्टको प्रमुख आतिथ्यतामा भवनको उद्घाटन गरिने अध्यक्ष अधिकारीले जानकारी दिए ।