Flash News

पुर्वपश्चिम राजमार्ग बाईपासबाट, हेटौडा बजार विचको सडक १६/१६ मिटर विस्तर गर्ने मन्त्रीपरिषद्को निर्णय

मकवानपुर/१४ मंसिर, हेटौडाको रातोमाटेदेखि चौकिटोलसम्मको पुर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथको खण्डलाई राजमार्गबाट हटाउने निणय भएको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले रातोमाटेदेखि चौकिटोलसम्मको पुर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथको खण्डलाई राजमार्गबाट हटाउने र रातोमाटेदेखि राप्तिपुल सम्मको बाईपासलाई राजमार्गका रुपमा निर्माणगर्ने निर्णय गरेको उपप्रधान मन्त्री कमल थापाले जानकारी दिनुभयो । हेटौडाको बजार क्षेत्रमा दुवै तर्फ १६÷१६ मिटरको बाटो बिस्तार गरेर राजमार्गलाई बाईपास मार्गबाट लगिने भएको हो । हेटौडामा राजनितीक दलले २५ मिटर लाई चुनावी एजेण्डा बनाइरहेका बेला चुनाव अघिनै समस्याका समाधान निस्कियपछी पिडितलाई राहत मिलेको छ।


सम्बन्धित समाचार शीर्षकहरु