Flash News

प्रदेश राजधानीको स्वागतमा राप्रपाको दिप प्रज्वलन (फोटो फिचर)

 

नेपाल सरकारका उपप्रधानमन्त्रि तथा राप्रपा अध्यक्ष कमल थापाको पहलमा े मन्त्रिपरिषदको बैठकले तीन नंम्बर प्रदेशको अस्थाई राजधानी हेटौंडालाई बनाउने निर्णयको राप्रपा मकवानपुरले दिप प्रज्वलन गरि स्वागत गरेको छ । आज हेटौडाको बुद्ध चोकमा दिप प्रज्वलन गर्दै राप्रपाले स्वागत गरेको छ।  बुधवारको संसद बैठकमा उपप्रधानमन्त्रि थापाकै अडानमा हेटौडा प्रदेश नंम्वर ३को राजधानी बनेको थियो । कमल थापाले मकवानपुरबाट प्रतिनिधी सभामा पराजित भएपनि कमल थापाको प्रतिबद्धता र मकवानपुरे जनाताको जितको रुपमा हेरिएको छ।

हाल लाई अस्थाई रूपमा प्रदेशको राजधानी हेटौडा तोकिएपनि प्रदेश शभाको बैठक पछिपनि यस हेटौंडालाई स्थायी रूपमा तीन नम्बर प्रेशको राजधानी बनाउन प्रदेश सभाको दुइ तिहाई बहुमत आवस्यक हुन्छ। कार्यक्रममा अहिले गरिएको निर्णाय लाई प्रदेशशभाले पनि निरन्तरता दिनेमा बिस्वास गरिएको थियो ।


सम्बन्धित समाचार शीर्षकहरु