Flash News

प्रदेश ३ ले हावाहुरी पीडितलाई एक करोड रुपैयाँ दिने भयो

Post Views : 115 Views

मकवानपुर ,

३ नम्बर प्रदेश सरकारले प्रदेश २ का हावाहुरी पिडित नागरिकलाई १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । आज विहान बसेको प्रदेश ३ को  मन्त्रिपरिषदको बैठकले प्रदेशमा विपत्तिमा परेका नागरिहरुलाई सहयोग पुग्नेगरी एक करोड रुपैयाँ दिने निर्णय गरेको हो ।

प्रदेश नम्बर २ को बारा र पर्सामा हावाहुरीका कारण घरबारविहीन परिवारको आवास निर्माण गर्नका लागि एक करोड रुपैयाँ सहयोग गर्ने निणय गरिएको प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले बताउनुभयो ।

सोमबार मात्रै मुख्यमन्त्री पौडेल, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेल, सामाजिक बिकाश मन्त्री युवराज दुलाल हावाहुरीका कारण ध्वस्त भएको बारा र पर्षा जिल्लामा स्थलगत रुपमा निरीक्षण गर्नुभएको थियो । त्यहाँका घाइते उनीहरुका आफन्तसँग समेत विरगन्ज र कलैयाको अस्पतालमा पुगेर भेट गर्नुभएको थियो ।