Flash News

प्रदेश ५ मा मुख्यमन्त्रीको तलब ६१ हजार

रुपन्देही, वैशाख ६ – प्रदेश नम्बर पाँचमा मुख्यमन्त्रीको तलब ६० हजार ९७० प्रस्ताव गरिएको छ । त्यस्तै, मन्त्रीको तलब ५२ हजार, राज्यमन्त्रीको ४९ हजार र सहायक मन्त्रीको ४७ हजार प्रस्ताव गरिएको छ ।

त्यसैगरी प्रदेशका सभामुखका लागि ५३ हजार उपसभामुखको ५० हजार र सचेतकको ४८ हजार तलब प्रस्ताव गरिएको छ । प्रदेशसभा सदस्यहरुको  तलब ४५ हजार प्रस्ताव भएको छ । मन्त्रिपरिषदबाट स्वीकृत भएको प्रदेश सभाका पदाधिकारी र सदस्यहरुको पारिश्रमिक तय गर्न बनेको विधेयक प्रदेश सभाबाट पारित भएपछि लागू हुने उद्योग, पर्यटन तथा कृषि मन्त्री लिला गिरीले जानकारी दिनुभयो ।