Flash News

प्रभात माध्यमिक विद्यालयको स्तरोन्नति गर्न विश्वशान्ती पुजा

तस्बिर : यादव चौलागाई

१७ माघ, मकवानपुर । पुर्वि मकवानपुरको बकैया ५ श्रीपुरमा रहेको प्रभात माध्यमिक विद्यालयको स्तरोन्नति तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि मकवानपुरमै पहिलो पटक विश्वशान्ती पुजा गर्ने भएको छ ।
विद्यालयको भौतिक सुधार तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि माघ १८, १९ र २० गते ३ दिने बौद्ध दर्शन सम्बन्धी प्रबचन तथा विश्वशान्ती पुजा लगाउन लागिएको हो । २०३४ सालमा स्थापित बिध्यालयमा ९० प्रतिशत तामाङ समुदायका बिध्यार्थिले अध्ययन गर्दछन । बिभिन्न ६ भाषमा ५० भन्दा बढी देशमा बौद्ध दर्शन सम्बन्धी प्रबचन दिई सक्नु भएका परम पुजनिय धर्म गुरु खेन रिम्पोक्षे गेशे ङिमा तामाङद्धारा नेपाली भाषमा प्रबचन, दिर्घाय्ुको अभिषेक (वाङ) अहिंसा र शिक्षाको सन्देश प्रदान तथा बिश्वशान्ती पुजा लगाउन लागिएको हो । पुजा सम्पन्न गर्नका लागि १५१ सदस्यीय मुल आयोजक समिति सहित विभिन्न छ वटा उप–समिति समेत गठन गरिएको संयोजक शेरमान घलानले जानकारी दिए । बकैया ५ को वडाअध्यछ समेत रहनुभएको घलानले विश्व शान्तिको कामना सहित गरिने पुजाले बिध्यालयको गुणस्तर सुधारमा टेवा पुग्ने बताउनु भयो ।

पुजाबाट सङ्कलित रकमले विद्यालयको भौतिक सुधार तथा शैक्षिक गुणस्तर अभिवृद्धि र भुकम्पबाट क्षती भएको भवनको पुनःनिर्माण गर्ने तयारी रहेको मुल आयोजक सदस्य सचिब केदार अर्यालले बताए । भोलीबाट सुरु हुने पुजाको सम्पुर्ण तयारी पुरा भएको र पुजा सम्पन्न गर्न १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । पुजाबाट ५० लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखिएको छ ।

 


सम्बन्धित समाचार शीर्षकहरु