Flash News

फाखेल र सिस्नेरीतर्फको दुबै सडक पहिरोको कारण अवरुद्ध

हेटौँडा,२२ श्रावण । सोमबार राती खसेको पहिरोको कारण हेटौंडा–काठमाडौं छोटो मार्ग अवरुद्ध भएको छ । हेटौंडाबाट काठमाण्डौँको लागि जाने सिस्नेरी र फाखेल सडकखण्ड दुबै अवरुद्ध भएको र सबारी सञ्चालन नभएको हो ।
हिजो राती इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरी पहिरो गएपछि हेटौंडा–सिस्नेरी–दक्षिणकाली–काठमाडौं सडक अवरुद्ध भएको हो भने । इन्द्रसरोबर गाउँपालिका–४ महालक्ष्मीमा पहिरो खस्दा हेटौंडा–फाखेल–काठमाडौं सडक पनि अवरुद्ध भएको हो । पाखेल तथा सिस्नेरीको सडकलाई पानी नपरेको खण्डमा आज दिउँससम्ममा सञ्चालन गर्नेगरि पहिरो पन्छाउने प्रयास भैरहेको प्रहरीको भनाई रहेकोछ ।


सम्बन्धित समाचार शीर्षकहरु