Flash News

फाष्टट्र्याकको बूदूने देखि हेटौंडासम्म १८ कि मी सडक बनाउन जोड

Post Views : 81 Views

मकवानपुरकाका प्रतिनिधि सभाका सांसद माननीय बिरोध खतिवडाले निजगढ काठमाडौँ फास्ट ट्रयाक निर्माण संगै मकवानपुर्को बुदुने देखि हेटौडासम्म १८ किमी बाटो अति आवश्यक भएकोले यसलाई प्राथमिकतामा राखी काम गर्नुपर्ने बताउनु भएको छ।हेटौडालाइ यातायातको हबको रुपमा पनि चिनिन्छ। यो फास्ट ट्रयाक बन्दा पुर्बका सवारी साधन मात्र नभइ नारायाणघाट देखि पश्चिमका सबै सवारी साधन पनि यहि बाटो हुदै आउने र यो बाटो नबन्दा सबै प्रभाबिंत् हुने भएकोले पनि यो बाटोको महत्व अझै बढी छ । ,त्यसैले सो बाटो निर्माणको लागि मा. अर्थमन्त्रीलाइ पहिल्यै भनेको भएपनि बजेटमा नसमेटिएकोले सांसदहरुको बजेट माथिको छलफलमा मा वहाले असन्तुस्टी ब्यक्त गर्नु भयो। छातीको चौडाइ, पाखुरा गोलाई र श्रीपेचको साइज हेरेर बजेट बितरण नगर्न सुझाब दिदै वहाले सबैले समान रुपमा बजेट पाउनु पर्ने आफ्नो धारणा राख्नु भयो।केहि निर्माण व्यवसायीहरुले २०% मोबिलाइजेसन भनि सुरुमै पैसा लिने तर काम भने नगर्ने प्रबित्ति प्रति इंगित गर्दै वहाले काम गर्नेले आफुले पनि लगानी गर्नुपर्ने धारणा राख्नुभयो। यदि बिना लगानी सरकारको पैसाले मात्र ठेगदार बन्ने हो भने रास्सिरांगको चेपाङ्ग ल्याएर आफुले ठेगदार बनाइदिने भनि कटाक्ष गर्नु भयो। तुइन हटाउने संगै काठको पोल विस्तापित पनि बजेटमा नपरको भन्दै पुराना र जिर्ण काठको पोल ढली दुर्घटना हुने सम्भावना धेरै हुने भएकोले १/२ बर्ष भित्रमा नै हटाउन उर्जा मन्त्रीबाट प्रतिबद्दता आउनेमा बिश्वास व्यक्त गर्नु भयो।सरकारको बिकाश निर्माण र राजस्व समन्धी मुद्दाहरु लामो समयदेखि अदालतमा फैसला नहुदा तोकिएको खर्च हुन् नसक्नु देखि राजस्व समेत उठ्न सकेको छैन साथै बिकाश निर्माणका कामहरु प्रभाबिंत् भएका छन्। त्यसैले सम्मानित अदालतको सम्मान गर्दै आपसी सम्बाद ,छलफल कुन बिधि र प्रक्रियाबाट जादा ५/६ महिना मै फैसला गराउन सकिन्छ सो सुधार हुनुपर्ने बताए। बिधुत उत्पादन भएको ठाउको १० प्रतिशत पैसा रोकिएकोमा कारण माग गर्दै तिन तहको सरकारले गर्ने काम प्रस्ट हुनु पर्ने पनि बताउनु भयो।