Flash News

बन्दको कारण हेटौँडा नगरस्तरीय आजको परिक्षा स्थगित

Post Views : 39 Views

हेटौँडा,३०, फागुन ।
विप्लव नेतृत्वको नेकपाले आज गरेको नेपाल बन्दका् कारण आजबाट हुने हेटौँडा नगर स्तरीय परिक्षा स्थगित गरिएको छ । आज हुने कक्षा ४,५,६,७ र ९ को नगरस्तरीय परिक्षा स्थगित भएको नगर स्तरीय शैक्षिक समन्वय समितिले जनाएको छ ।

आज स्थगित भएको परिक्षा आउँदो शनिबार सञ्चालन गरिने जनाईएको छ । नगरका ३५ विद्यालय सहभागि रहेको परिक्षा २७ फागुनबाट सुरु भएको थियो ।
बन्दको कारण सम्पूर्ण विद्यार्थीहरुलाई परिक्षा दिने स्थलसम्म आउनको लागि समस्या हुने ठानेर परिक्षालाई आज एकदिन स्थगन गर्नुपरेको बताईएको छ ।