Flash News

बाढी, पहिरोबाट मृत्यु भएका परिवारलाई प्रदेश ३ सरकारको एक लाख

Post Views : 63 Views

हेटौंडा । बाढी, पहिरोका कारण मृतक र घाइते परिवारलाई प्रदेश ३ सरकारले राहत रकम दिने घोषणा गरेको छ । प्रदेश ३ को विपद् व्यावस्थापन निर्देशक समितिको आजको वैठकले बाढी, पहिरोका कारण मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँका दरले राहत रकम दिने घोषणा गरेको हो ।

प्रदेश ३ का १३ जिल्लामा बाढी पहिरोका कारण हाल सम्म ११ जनाको मृत्यु भइसकेको प्रहरी तथ्याङ्क छ । प्रदेश सरकारले मृतक परिवारलाई एक लाख रुपैयाँका दरले दिने घोषणा गरेको हो । समितिका अध्यक्ष समेत रहनुभएका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले राहत रकम दिने घोषणा गरेको हो । यसैगरी बाढी पहिरोमा परेर घाईते भएकाहरुका लागि प्रदेश ३ सरकार मातहत रहेका अस्पतालमा निशुल्क उपचार गर्ने र त्यस भन्दा बाहेकका अस्पतालमा उपचार गराएमा जनही २५ हजार रुपैयाँ रम्म राहत रकम उपलब्ध गराइने मुख्य मन्त्री पौडेलले बताउनुभयो । घाइतेहरुको उपचारमा बिलका आधारमा बढीमा २५ हजार रुपैयाँ सम्म उपलब्ध गराउने उहाँले बताउनुभयो ।