Flash News

बिप्लव बन्दको प्रभाव, कहाँ के भयो ?

काठमाण्डौ,केपी ओली नेतृत्वको सरकारले आफ्नो पार्टीका प्रवक्ता प्रकाण्ड, पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य लगायत नेता कार्यकर्तालाई गिरफ्तार गरी शारीरिक तथा मानसिक यातना दिएको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्दको आह्वान गरि विभिन्न ठाउँमा बम तथा शंकास्पद बस्तु राखेको छ ।

कहाँ के भयो ?

मकवानपुर

नेपाल बन्दको क्रममा मकवानपुरको टिष्टुङमा बसमा आगजनी भएको छ । त्यस्तै हेटौँडा–११ नवलपुरमा शंकास्पद बस्तु फेला परेको छ ।

भक्तपुर

भक्तपुरको लोकन्थली र सूर्यविनायकमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ ।

कपिलवस्तु

कपिलवस्तुका शिवराज नगरपालिका, विजयनगर गाउँपालिकामा बन्दको पूर्ण प्रभाव परेको छ । बन्दको पूर्वसन्ध्यामा कपिलवस्तुको वाणगंगा ११ देउवापारमा सोमबार राती विष्फोट गराईएको छ ।

ललितपुर

ललितपुरका तीन ठाउँमा नक्कली बम भेटिएको छ । लगनखेलको बटुकभैरव, रिङ रोडस्थित ताल्छिखेल र ग्वाकर्कोस्थित गुण सिनेमामा राखिएका शंकास्पद बस्तु बम नभएको प्रहरीले जानकारी दिएको छ ।

नवलपरासी 

कपिलबस्तुको चनौटाबाट पराल बोकेर हेटौंडातर्फ जाने क्रममा भृकुटीचोकमा रोकिएका ना २ ख ८४८७ र ना २ ख २५४८ नम्बरका ट्रकमा दुईवटा ट्रकाम मंगलबार बिहानै आगजनी गरिएको छ ।

गुल्मी

गुल्मी सदरमुकाम तम्घासमा विप्लवका कार्यकर्ताहरुले सोमबार राति मसाल जुलुस निकालेका थिए । सयौँ कार्यकर्ताहरुसहित निकालिएको मसाल जुलुसका क्रममा प्रहरीले धरपकड गरेन ।

काठमाडौं

काठमाडौं उपत्यकामा बन्दको प्रभाव सामान्य रहेपनि सुरक्षा व्यवस्था भने कडा बनाइएको छ । शान्ति सुरक्षाका लागि प्रहरी गस्ती र सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ । निजी तथा सरकारी विद्यालय बन्द भएका छन् ।

गोकर्णेश्वर

गोकर्णेश्वर–२ नयाँपाटी शंकास्पद वस्तु फेला परेको छ । प्रेसर कुकरमा तार बाँधेर खतरा लेखिएको वस्तु भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ ।

सिन्धुपाल्चोक

सिन्धुपाल्चोकको फड्केश्वरमा पनि प्रेशर कुकर बम फेला परेको छ ।

बाजुरा

बाजुराको बडिमालिका नगरपालिकाको मूल गेटमा शंकास्पद बस्तु भेटिएको छ । यता बिहानैदेखि जिल्ला सदरमुकाम मार्तडी बजार त्रसित बनेको छ ।

लमजुङ

लमजुङको राईनासमा दुई स्थानमा शंकास्पद बस्तु फेला परेको छ ।


सम्बन्धित समाचार शीर्षकहरु