Flash News

मकवानपुरमा लोकतान्त्रिक गठबन्धन बलियो बन्दै ,बाम उमेद्धारको रुवाबासी

मकवापुर÷

प्रदेश तथा प्रतिनिधि सभाको चुनाव नजिकिदै जाँदा मकवापनुरमा चुनावी माहोल तातेको छ। मुख्य प्रतिस्पर्धी मानिएका बाम र लोकतान्त्रिक गठबन्धन बिचको भिडन्तलाई रोजक रुपमा हेरीएको छ। एमाले र माओवादी विचको बाम गठबन्धन र काग्रेस राप्रपा विचको लोकतान्त्रिक गठबन्धन मत आफ्नो पक्षमा पार्न तल्लिन छन् । संविधान सभाको चुनाबमा मकवानपुरको क्षेत्र नंम्वर १ बाट विजयी भएर सांसद बन्नु भएका काग्रेस नेता इन्द्र वानियाँ प्रतिनिधिसभा क्षेत्र नंबर २ अन्र्तगत प्रदेशसभा (ख) मा चुनाव लड्न गए सँगै बाम उमेद्धारको मुटु हल्लिएको कतिपएको विष्लेशण छ। आस्वासन भन्दा पनि विकास रुचाउने जनताको मतले मकवापुर क्षेत्र नंम्वर २ मा लोकतान्त्रिक गठबन्धनका उमेद्धार महालक्ष्मी उपाध्याय डिना सँगै प्रदेश ख का उमेद्धार इन्द्र वानियाँ र अन्य लोकतान्त्रीक उमेद्धारलेनै बाजि मार्ने आंकलन बाहरी रहेको बेला बाम उमेद्धार झस्किएका छन् ।माले मकवानपुर काग्रेसमा समाहित हुनुले पनि अझ लोकतान्त्रिक गठबन्धन बलियो छ। यता क्षत्र नंम्बर १ काग्रेस नेता इन्द्र बहादुर बानियाले संविधान सभाको चुनाबमा जितेको क्षेत्र त्यसमाथि राप्रपा अध्यक्ष कमल थापाको बलियो उपस्थिती र पछिल्लो निर्णय अनुसार नयाँ शक्ति पार्टीले पनि सघाउने निणय गरे सँगै बाम गठबन्धनमा रुवाबासी चलेको छ। बाम गठबन्धनका उमेद्धार योग्य उमेद्धार र विकास निर्माणको मामलामा पछि परेसँगै लोकतान्त्रीक गठबन्धन प्रति आक्रमक रुपका प्रस्तुत हुन थालेको छ। आज भएका चुनावी सभाका भाषण स्ुन्ने हो भने पनि बाम गठबन्धनमा लोकतान्त्रीक उमेद्धार प्रतिको डरले सिमा नाघेको देखिन्छ । आबेसमा आएर गठवन्धनको तर्फबाट प्रतिनिधिसभा क्षेत्र नंबर १ अन्र्तगत प्रदेशसभा (ख) का उम्मेद्वार डोरमणी पौडेलले राप्रपाका केन्द्रीय अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापालाई आफुले गरेको काम देखाउन चुनौति सम्म दिन भ्याए । हेटौँडाको वडा नम्बर ६ चुच्चेखोलामा भएको चुनावी सभामा बोल्दै पौडेलले थापालाई मकवानपुरको विकासको लागि गरेका कामको जानकारी दिन चुनौति दिएका रहदा मतदाता अचम्ममा परे । मकवानपुरमा लोकतान्त्रीकका उमेद्धारले गरेको विकासको तुलनामा बामले गरेको विकास १ प्रतिशत पनि छैन भन्नेमा मतदाता विस्वस्त छन् । तर पौडेलको आजको आबेस पुर्ण अभिब्यक्तीले भन्दै थियो उनि सँग १ रातमै मकवानपुर बनाउने छडी छ।
उता इन्द्रसरोबर  पुगेका वामगठबन्धनका तर्फबाट मकपवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उमेद्वार बिरोध खतिवडाले पनि लोकतान्त्रीकको खोइरो खन्न भ्याए । सिस्नेरीमा भएको चुनावी जनसभामा बोल्दै खतिवडाले पद र पैसाबाहेक केही नदेख्नेको नेतृत्वले देशलाई गरिब बनाएको भने । उनको मन्तब्यमा पनि आफु सँग जादुको छडि रहेको प्रमाणीत गराउन खोज्दै थियो । मंसिर २१ गते चुनाब हुदैछ । मकवानपुर मा पहिले जितेकै आधारमा मत पाउनु पर्छ भन्ने बाम वा नयाँ अबधारण सहित विकास गरिरहेको लोकतान्त्रीकले जित्ला ? मतदाता कसको पक्षमा छन् यो भने परिणामले पक्कै देखाउनेनै छ ।


सम्बन्धित समाचार शीर्षकहरु