Flash News

मकवानपुरे गायिका प्रतिभा सापकोटा “आउ डार्लिङ नाचौ” भन्दै बजारमा (भिडियो सहित)

मकवानपुर खबर, हेटौंडा । नजिकिँदो तीज संगै बजारमा तीजको गीतको ओईरो नै लागेको छ । यही ओईरोमा मकवानपुरे गायिका प्रतिभा सापकोटाको “आउ डार्लिङ नाचौ” बजारमा आएको छ । सुमधुर स्वरकी धनि गायिका प्रतिभा सापकोटा र गायक राजकुमार वलीको नयाँ तिज गीत “आउ डार्लिङ नाचौं’” केही दिन अघि मात्र म्युजिक नेपालको युट्यब च्यानल मार्फत सार्वजनिक भएको थियो ।
धुर्बे धुर्बेनी फिल्मस् को प्रस्तुती रहेको उक्त गीतमा गायिका सापकोटा र गायक वलीकै आवाज रहेको छ । गायक राजकुमार वलीको शब्द सृजना रहेको गीतमा बच्चु कैलासले संगीत गरेका हुन् । अशोक बि।सी को निर्देशन रहेको गीतको भिडियो बासु न्यौपानेले छायांकन गरेका हुन् ।
निक्कै नै राम्रो अनि रमाईलो उक्त गीतको भिडियोमा मोडल करिश्मा ढकाल, धर्मदिप पुन, अनिल बि.सी. र सुजना खड्काको अभिनय रहेको छ ।
उक्त गीतको भिडियो तल हेर्नुहोला

 


सम्बन्धित समाचार शीर्षकहरु