Flash News

मनकामना जाने बाटोको जंगलमा गढीकी महिलाको शव फेला

हेटौँडा, १८ असोज । हेटौँडा ५ सिंचाईटोलबाट मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ मा रेहेको मनकामना जाने बाटोको जंगलमा एक महिलाको शब भेटिएको छ । विषादी सेवन गरी आत्माहत्या गरिएको अवस्थामा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ का बद्री आचार्यकी श्रीमती २८ वर्षीय कविता आचार्यको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी दिलिपराज झाले जानकारी दिए ।
सिंचाईटोलका स्थानीयहरु दाउरा संकलनको लागि जंगल गएको समयमा महिलाको शव आज बिहान फेला परेको थियो । घटनास्थलमा प्रहरी पुगेर शवलाई पोष्टमार्टमको लागि अस्पताल ल्याउने तयारी भईरहेको डिएसपी झाले जानकारी दिए । शव नजिकै कालो रङको झोलामा ‘नोभान’ र ‘कन्फिेडेन्टल ५५५’ नामक विषादी समेत फेला परेको छ । साथै विषादी सेवन पश्चात वान्ता गरिएको समेत भेटिएको छ । डिएसपी झाका अनुसार मृतकका श्रीमान एचआईडीमा रहेको केमिकल फ्याक्ट्रीमा काम गर्दै आएको बुझिएको छ । उनीहरु हेटौँडाको कमानेमा डेरा गरी बस्दै आएका थिए । मृतक कविता मंगलबार करिब दिउँसो ३ बजे डेराबाट गढी–४ मा रहेको घरमा जान भनि कोठाबाट निस्किएकी बुझिएको छ ।
कोठाबाट निस्किीएकी उनी आज मृत फेला परेकी हुन् । उनको मृत्यू हिजै भएको वा कहिले भएको भन्ने बारे पोष्टमार्टम रिपोर्ट पछि मात्र पत्ता लाग्नेछ । मृतक कविताका ९ वर्षीय छोरा र एक १२ वर्षीया छोरी रहेका छन् ।


सम्बन्धित समाचार शीर्षकहरु