Flash News

मनहरीमा टिपर र ट्रक ठोक्कियो

मकवानपुर, २२ साउन । मकवानपुरको मनहरी गाउँपािलका वडा नम्बर ६ नयाँब बस्तीमा सोमबार मालवाहक टिपर र मालवाहक ट्रक एक आपसमा ठोकिएको छ ।
मनहरीबाट लोड लिई चितवनतर्फ जाँदै गरेको टिपर र चितवनबाट मनहरीतर्फ आइरहेको ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको मनहरीबाट सञ्चारकर्मी जयराम मोक्तानले जानकारी दिएका छन् । ना ७ प ५८८ नम्बरको टिपर र ना ५ ख ४८८ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा ट्रकको अगाडी पट्टीको भागमा क्षति पुगेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । दुर्घटनमा मानवीय क्षति भने नभएको र ट्रक तथा टिपर प्रहरिको नियन्त्रणमा रहको छ ।


सम्बन्धित समाचार शीर्षकहरु