Flash News

महिलालाई पनि उपचार सुनिश्चित गरौँ

तान्या डि सी/ सिआन पुर्नस्थापना केन्द्र

४० % महिला दुब्यसनी रहेको १०० % मा समाजको लागि र हाम्रो भबिस्य को पिडी को लागि विकृति तथ्य हो हामि मान्दछौ।छोरा लाई हेरि छोरी पनि कुलत मा उतिकै फस्दै आएको हामिले देख्ने गरेको छौ । छारा हुन वा छोरी कुलतमा फस्नु एउटा समस्या हो । पछिल्लो समय यसको बृद्धिको अवस्था हेर्नेहो भने अत्यन्त भयाबह छ। पुरुष लागुऔषध प्रयोग कर्ताको अवस्था जस्तै महिला लागुऔषध प्रयोग कर्ताको संख्या पनि दिननुदिन बढ्दै गएको छ। पुरुष लागुऔषध प्रयोग कर्ताको लागि सुधारकेन्द्रमा राख्नु पर्छ भन्ने चेतनाको स्तर बढे पनि महिला हरुको लागि अलि हिचकिचाउने कारणले यो समस्या झन बढ्ै गएको छ। समाजको नजर बाट बच्नको लागि लागुऔषध प्रयोग कर्ता हुँ भनेर खुल्न नसक्दा आफु सगँसगै समाज लाई पनि यसले जलाई रहेको छ । यो कुरालाई हामी बुझ्न सकेनौ भने ठुलो भुल हुन्छ। । दुब्यसन लुकाएर राख्ने समस्या हो भन्नु झनै ठुलो भुल हो । पुरुषको तुलनामा महिला दुब्यसनी हरुको समस्या लुकाउने गर्दा पुरुषको तुलानामा महिला दुब्यसको संख्या धरै हुने संभावना पनि रहन्छ। विभिन्न कारण देखाउदै आज छोरी लाई लुकाउने नखुलाउने कारण ले गर्दा विभीन्नन रोग को सिकार महिला हुन पुग्छन जस्तै (पाठे घरको समस्या,महिना वारि गडबड,स्थन क्यान्सर,डिपरेसन,HIV AIDS अन्य ) र पुरुष कै कुलत को कारण पनि पहलो दुख भनेको महिलालाई नै हुन्छ।दुब्यसन पछिको महिला को समय भनेको नै यौन ब्यवसाय हो।जब महिला नै कुलत मा छ भने घर मा होहल्ला हुन्छ । घर असान्त हुन्छ । परिवारमा बेहेल हुनुको साथै कतिपय को सम्बन्ध बिच्छेद पनि हुने घटना हामिले सुनेको छौ । लागुपदार्थ दुब्र्यसन ब्यक्तिको मात्र हैन समाजको पनि हत्या गर्छ । कुलता लाग्ने विभिन्न बहाना हुन्छन् । साथिको लागि , रहर पुरा गर्न,अरु भन्दा फरक देखीन आदी, तर यिनै कारणले जिवन लाई बर्बाद परको हुन्छ भन्ने कुरा तव मात्र थाहा हुन्छ। छोरि बिना समाज राम्रो हुदैन । घर चलाउने , समाजमा इज्जत प्रतिष्ठाको लागि महत्वपुण भुमिका खेलेका छोरिहरु लाई जान अनजान कुलतमा फसेपनि लाज नमानी उपचार सम्म पुराउने हो भने पक्कै पनि समाज रुपान्तरण हुनेथियो , एउटा घर सुन्दर बन्नेथियो, एउटा परिवार सुखद हुनेथियो ।बालबच्चा टुहुरो हुने थिएन र HIV AIDS जस्ता रोग पनि धेरै हद सम्म निर्मुल हुने थियो।


सम्बन्धित समाचार शीर्षकहरु