Flash News

महिला दिवसको अवसरमा अन्तरकृया कार्यक्रम सम्पन्न

Post Views : 152 Views

मकवापनुर ,
१ सय ९आंै अन्तराष्ट्रिय महिला दिवसको अवसरमा हेटौडा उपमहानगरपलिका १२ नंम्वर वडा कार्यालयको आयोजना अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । ग्रमिण महिला सेवा केन्द्र र महिला सेवा बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो । ३ नम्बर प्रदेश सांसाद मुनु सिग्देलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महिला सेवा केन्द्र अध्यक्ष यसोदा पराजुलीको अध्यक्षता रहेको थियो । कार्यक्रममा हेटौडा उपमहानगरपालिका १२ नंम्वर वडाका अध्यक्ष ललित घलान, ग्रामिण महिला सेवा केन्द्रका सचिव अचला शर्मा लागएतको आतिथ्यता रहेको थियो ।
सोही अबसरमा आर्थिक अवस्था कमजोर सावित्री पुलामी लाई सहयोग गरिएको थियो । आर्थिक अवस्था कमजोर सँगै अपांग र एकल महिला समेत रहेकाले पुलामी लाई किराना सामान सहयोग गरिएको ग्रामिण महिला सेवा केन्द्रकी सहजकर्ता सम्झना विडारीले जानकारी दिनुभयो ।