Flash News

मालपोत कार्यलय हेटौंडामा छड्के, यस्तो सम्म हुदो रहेछ (स्थलगत रिपोर्ट सुन्नुहोस)

मकवानपुरको ब्यस्त कार्यालय मध्ये एक मालपोत कार्यालयमा बिचौलियाको बिग बिगी बढेको छ । मालपोत कार्यालय सेवाग्राहीको चाप हुने कार्यालय मध्य एक हो । तर मालपोत कार्यालयबाट सेवा प्राप्त गर्दा अतिरिक्त शुल्क तिर्नुपरेको, समयमा काम नहुने जस्ता गुनासाहरु धेरै आउने गर्छ । मालपोत कार्यालय हेटौडाको विभिन्न कोठाहरुमा विचौलीयाले कार्यालयको फाइलमा लेख्दै गरेको दृश्य सम्म पनि देखिन्छ । मालपोत कार्यालयको फाइल विचौलियाहरुले फाँट पिच्छे घुमाउने गर्छन् । सेवाग्राही कुरेर बस्छन् भने, उनिहरुको काम विचौलियाले गरिदिन्छन् । खुलेआम विचौलियाहरु फाँटमा पुगेर फाइलहरु यता, उता गराउदा समेत कार्यालयका जिम्मेवार व्यक्तिहरु मौन देखिन्छन् । मालपोत अधिकृतको टेवुल सम्म तिनै विचौलियाले फाईल र्पुयाउँछन् र अधिकृतले प्रमाणित गर्छन् ।
मालपोत कार्यालयमा मोठ भिडाउने, मुद्दा प्रशासन, रजिष्टेसन, कम्प्युटर फाँट छ । यि फाँट सहित मालपोत अधिकृतको कार्यकक्षमा समेत विचौलिया सजिलै फाइल लगेर पुग्छन् । यसरी विचौलिया मार्फत पुगेका फाइलहरुको काम सजिलै हुन्छ । मालपोत र नापि कार्यालयका बारेका भनिएका यि सवै कुरा बनावटी हैनन् । मालपोत कार्यालयमा पुग्दा यस्तै देखियो । त्यतिमात्र हैन । लेखापढी कानुनी ब्यवसायिहरुले राखेका कर्मचारीहरुले मालपोत कार्यालयका फाइल समाउने गरेका छन । सेवाग्रहीले काम छिटो गरिदिने भन्दै कार्यालय भित्रै बसेर बिचौलियाहरु सेवाग्राही संग घुस माग्छन्
विचौलियाले गरिदिनेकाम सेवा ग्रही आफैले गर्नेहो भने पनि निशुल्क रुपमा ५ मिनेट भिन्त्रै सकिन्छ । तर विचौलीयाले महगो सुल्क लिएर काम गरिदिन्छन् । अनि बिचौलियाकै कुरा सुन्ने हो भने पनि मालपोत कार्यालयमा खुलेआम भ्रष्टाचार हुन्छ । पैसा नदिए कामै हुदैन । पैसा पछि नहुने काम पनि हुन्छ ।
यस्ता बिचौलीयाहरु मलपोतकार्यालयमा २ सय भन्दा बढि छन । सर्मसाधारणले लगेको फाइलमा यी कार्यालयमा काम हुदैन । यता मालपोत कार्यालय हेटौडाका मालपोत अधिकृत छबिलाल शर्मा आफुहरुलाई बाहिरीकुरा थाहा नहुने र विचौलियालाई नचिन्ने भन्दै पन्छिए । मालपोत र नापीको बेथिती हामीले बर्षाै देखि सुन्दै देख्दै र भोग्दै आएको कुराहो । कर्मचारी भन्छन बिचौलीयाले कार्यालयलाई दुषीत बनाए । विचौलिया भन्छन् पैसा दिएर काम लिन्छौ । आम सेवाग्राही पिल्सियका छन् । हेटौडाको मालपोत कार्यालयको यो बेथिति कहिले सम्म रहनेहो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तमाङ सँग हाँमी यहि प्रस्नको जवाफ खोज्न जाँदै छौ । सरकारी कार्यालयहरुमा विचौलियाको प्रवेश १ हप्ता भित्रै रोक्ने मकवानपुरका प्रमुख जिल्ला अधिकार आस्मान तमाङले प्रतिबद्धता । जनाए । प्रमुख जिल्ला अधिकारीको यो घोषणा कतिको कार्यान्वयन हुन्छ यो भने आगामी दिनमा हेर्नै बाकीँ छ ।
(स्थलगत रिपोर्ट तल सुन्नुहोस)


सम्बन्धित समाचार शीर्षकहरु